खुशिकाे समाचार : दाेश्राे संक्रमित युवती उपचारपछि घर फिर्ता, अात्मबल दह्राे पार्न अपिल

मूलखबर संवाददाता
काठमाडौं

नेपालमा काेेेराेना संक्रमित दाेश्राे व्यक्ति उपचारपछि निकाे भएर घर फर्केकी छिन् । टेकु अस्पतालमा अाइसाेलेसनमा उपचाररत रहेकि काठमाडौंकि प्रसिद्धि श्रेष्ठ उपचारपछि निकाे भएर अाज डिस्चार्ज भएकि हुन् ।

फ्रान्सबाट आएकी ती १९ वर्षीय युवतीमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।

उनी गत चैत ४ फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन् । रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी मन्त्रालयले संक्रमितको परिवारलाई मापदण्डअनुसार क्वारेन्टाइनमा राखेर टेस्ट गरेपनि उनीहरुमा भने नेगेटिभ देखिएको थियो ।

उनलेे अाफुले अस्पतालमा धेरै राम्रो केयर र उपचार पाएकाे र अाफु काेराेना संक्रमितको उपचारमा याेगदान गर्न तत्पर रहेकाे बताएकि छिन् । साथै उनले काेराेनासँग लड्न र विजय प्राप्त गर्न दर्हाे अात्मबल बनाउन अपील पनि गरेकी छिन् ।

यसअघि चीनबाट आएका एक नेपालीमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । उनी पनि  उपचारपछि घर फर्किएका थिए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमित ३० जनामध्ये २ जना निको भएर घर फर्किएका छन् ।