राजमार्गमा हिड्ने मजदुरलाई स्थानियले खाना खुवाए

मूलखबर संवाददाता
काठमाडौं
स्याङ्जा ,फेदिखोला गाउँपालिका स्याङ्जा अन्तर्गत सर्केटारिमा स्थानिय बासिन्दाले बाटोमा हिड्ने श्रमिक लगायतका बटुवालाई खाना खुवाउने थालनि हिजो वाट गरेका छन ।
फेदिखोला गाउँपालिकाको सर्केटारीमा स्थानीय आमा समूह र सर्केटारी समाजको सक्रियतामा र समाजमा खर्च उठायर पैदल आएका मजदुरहरुलाई खाना खुवाएको छ । नयाँ पुल, बागलुङ ,तनहुँदेखि पैदल हिडेर आएका मजदुरहरुलाई उनीहरुले खाना खुवाएका हुन्। भोकभोकै लखतरान परेर थाकेका ती मजदुर बिखर्चीसमेत भएका थिए ।
ठाँउ ठाउँमा स्थानीय सरकारका अवरोधहरु छिचोलेर स्याङ्जाको सर्केटारीसम्म आइपुगेका उनीहरुको दयनीय अवस्था देखेर आफूहरुका आँखासमेत रसाएको समाजसेवी राजन पराजुलिले बताए। उनीहरु चाउचाउ र चिउराको भरमा विभिन्न भुभाग हुदै सर्केटारीसम्म आइपुगेका हुन् । सर्केटारि स्याङ्जा प्रवेसको नाका हो । सर्केटारीमा अबदेखि भोकाएका पैदल यात्रुलाई सित्तैमा खाना खुवाइने सामजसेवी दिवाकर सुवेदीले बताए ।
तनहुँ को एक्ले फाट बाट वर्दिया हिडेका २०  श्रमिक, बागलुङ वाट दाङ हिडेका१८ श्रमिक , दाङ वाट बाग्लुङ हिडेका १५ जना , नयापुल वाट बुटवल हिडेका५ जना लगायत एक सय भन्दा बढि श्रमिकलाइ स्थानिय जनताले खाना खुवाएको स्थानिय सुवास पौडेलले जानकारी दिएका छन्