काेराेना कहर : नेपालमा एकैदिन भेटिए १४ संक्रमित, अहिलेसम्म ३० जना
विश्वव्यापी महामारीको रूपमा फैलिरहेकाे काेराेना भाइरस काेभिड १९ नेपालमा पनि विस्तार भईरहेकाे छ ।
नेपालमा शुक्रबार थप १४ जनामा कोरोना भाइरस संक्रमण भएको पाइएको छ ।
त्यसमा उदयपुर जिल्लाका १२ जना पुरुष र चितवनमा एक ६३ वर्षीया महिला एक पुरूष गरी १४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले बताउनुभएको छ ।
उदयपुर जिल्लाका ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षका पुरुष र चितवन जिल्लाका २७ वर्षका पुरूष र ६३ वर्षका महिलाहरू हुनुहुन्छ । याे सँगै नेपालमा संक्रमितको संख्या ३० पुगेको छ ।
यसअघि काठमाडाैंमा १, भक्तपुरमा २, बागलुङमा २, कैलालीमा ५, विरगञ्जमा ४ जनामा संक्रमण देखिएकाे थियाे । १ जनालाई निकाे भइसकेकाे छ ।
उदयपुरमा भेटिएका मानिसहरू यसअघि विरगञ्जमा भेटिएका संक्रमितहरूसँगै भारतबाट अाएका हुनसक्ने बताइएको छ भने चितवनमा भेटिएका संक्रमित बेलायतबाट नेपाल अाएका नेपाली नागरिक भएकाे र भरतपुरस्थित सामुदायिक अस्पतालमा अाइसाेफेसनमा राखिएको छ ।