प्रश्न उठ्याे, अर्थमन्त्री ज्यु काेराेना टेष्ट गराउनुस् ! जनतालाई बल पुग्छ

मूलखबर संवाददाता
काठमाडौं

२ जना काेराेना संंक्रमित पुष्टि भइसकेको  सनसिटी अर्पाटमेन्टमा अर्थमन्त्री तथा सुचना प्रविधि मन्त्री डा. युवराज खतिवडा  गएको/जादै नगएको दुई थरी मत जर्वजस्त उठिरहेको छ । जे होस् उनी माथी अहिले सञ्चारमाध्यममा प्रश्न उठेको छ ।

आम सर्वसाधारणलाई शंका लागे र्यापिड डायग्नोष्टिग टेष्ट (आरडीटी) पहिलो चरणमा सरकारले गर्न थालेको छ । देशभर टेष्ट भईरहेकाे र केही पाेजिटिभ पनि देखिएका खबरहरू अाईरहेका छन् ।  तर यो टेष्ट आफैमा भरपर्दाे नभएको र यसैमा मात्र भर पर्दा जनस्वास्थ्यमाथी खेलवाड हुने पनि कतिपय चिकित्सकहरुको मत पनि आईरहेको छ ।

प्रश्न उठेपछि सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा खतिवडाले ‘म माथी प्रश्न उठेको छ, म पनि परिक्षणमा गए, क्वारेन्टाइनमा वसेको छु, तपाईहरु पनि शंका लागेमा परिक्षण गर्न नडराउनुहोस्, यो तपाईको, तपाईको परिवार र समुदायकै हितमा हुन्छ’ भनेर परिक्षणमा जादा के विग्रन्छ ?

मन्त्री खतिवडाको छाेरा सनसिटिमा निर्वाचनमा उम्मेदवार बनेकाे त पुष्टि भइसकेको छ । उनको परिवार त्यहाँ भएपछिको समयमा मन्त्री सँग सम्पर्क भए नभएको  जानकारी गराउने जिम्मेवारी पनि मन्त्रीकै हाे ।

यसले आम सर्वसाधारणलाई पनि शंका लागेमा परिक्षणमा जान झन वल नै पुग्थ्यो नि ! अरूलाई परिक्षण गर्न बाध्यकारि नियम बनाउने सरकारका मन्त्रीले मात्रै हाेईन प्रधानमन्त्रीसहित सबै मन्त्री र मुख्य सचिवसहितले अारडिटि टेष्ट गराउन जरूरी छ । अाफू टेष्ट गर्न डराउने अनि जनतालाई मात्रै गर भनेर अविश्वास बढिरहेको छ ।

अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले, चिनियाँ राष्ट्रपति सि जिनपिङले, बेलायत र युराेपका सबै राष्ट्र प्रमुख, प्रधानमन्त्री र मन्त्रीहरूले काेराेना परिक्षण गराएका समाचार त पढिएकै छ । हाम्रो देशमा मात्रै किन यस्तो  ?