एसईई सम्वन्धि परीक्षा बाेर्डकाे यस्तो तयारी , आफ्नै वा नजिकैको विद्यालयमा परीक्षा लिइने

मूलखबर संवाददाता
काठमाडौं

एसईई परीक्षा शुरू हुने अघिल्लो दिन स्थगित भएपछि अन्याैलमा रहेमा विद्यार्थीलाई सहज हुने गरि एसईई सञ्चालन गरिने भएको छ ।

काेराेना संक्रमणकाे जाेखिम राेकथाम गर्ने उद्वेश्यले राेकिएकाे एसईई परिक्षा विद्यार्थीकाे सहजताकाे लागि अगाडि बढाउने तयारी परीक्षा बाेर्डले गरेकाे हाे ।

कोरोना भाइरसको महामारी सामान्य भए पछि चालु शैक्षिक वर्षलाई असर नपर्ने गरी नतिजा प्रकाशित गर्न एसईई परीक्षा नजिकैको विद्यालयमा परीक्षा दिने तयारी गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

घरबाट टाढा नभएको विद्यालयमा परीक्षा दिने बिषयमा छलफल भइरहेको र त्यसका लागि आवश्यक पर्ने परीक्षा केन्द्रबारे जानकारी गराउन सम्बन्धित विद्यालयलाई बोर्डले आग्रह गरेको छ ।

बोर्डले ३ दिनभित्र परीक्षा नियन्त्रण कार्यालयको कक्षा १० को इमेल ठेगाना slcoce@hotmail.com मा पठाउन आग्रह गरेको छ । कक्षा ११ र १२ को हकमा पनि पनि यही नियम लागू हुने भन्दै बोर्डले विवरण तयार पारी राष्ट्रिय परीक्षा बोर्डमा ईमेल गर्न आग्रह गरेको छ ।