
काराेना राेकथाममा एनअारएनएकाे २४ घण्टे हेल्पलाईन
विश्वव्यापी महामारीको रूपमा फैलिएको काेराेना भाइरसकाे संक्रमणबाट नेपाली समुदाय पनि नराम्ररी प्रभावित भएपछि एनअारएनएले विशेष पहल शुरू गरेकाे छ ।
विदेशमा रहेका नेपालीहरुको निरन्तर जानकारी लिन गैर आवासीय नेपाली संघ (एनआरएनए) ले २४ सै घण्टा सञ्चालन हुने टेलिफोन हेल्पलाइन सुरु गरेको छ ।
कोरोना भाइरस संक्रमणबाट नेपालीहरुले सामना गरिरहेका समस्या सुनवाई गर्न सेवा सञ्चालनमा ल्याइएको एनआरएनए अध्यक्ष तथा कोबिड–१९ उच्चस्तरीय समिति संयोजक कुमार पन्तले जानकारी दिए । गैर आवासीय नेपाली संघको काठमाडौंस्थित सचिवालयबाट उक्त सेवा आइतबारदेखि सुरु गरिएको हो ।
कोरोना महामारीले विश्वमा भइरहेको लकडाउनका कारणले विदेशमा अलपत्र परेका, बिरामी र अन्य समस्या झेलेका नेपालीले हेल्पलाइनमार्फत केन्द्रीय कार्यालयमा जानकारी दिन सक्ने एनआरएनए केन्द्रीय महासचिव हेमराज शर्माले बताए ।
