
विद्युत प्राधिकरणले लकडाउनमा फिल्डमा खट्ने कर्मचारीलाई थप सुविधा दिने
नेपाल विद्युत प्राधिकरणले लकडाउन अवधिभर फिल्डमा खटिने कर्मचारीका लागि खाइपाइ आएको तलब सुविधामा अतिरिक्त सुविधा दिने घोषणा गरेको छ ।
प्राधिकरणले नो लाइट, मिटर सिकायत र मर्मत सम्भारको कार्यका लागि फिल्डमा खटिने कर्मचारीलाई सुरु तलबको ५० प्रतिशत र प्रशारण निर्देशनालयअन्तर्गत ग्रिडमा कार्यरत फिल्डमा खटिने मर्मत सम्भार टिमका कर्मचारीलाई ३० प्रतिशत थप भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।
