सरकार विपन्न वर्गलाई विशेष राहत प्याकेज ल्याऊ, कोरोनाबाट बच्न घरमै बसौं : प्रचण्ड (भिडियो)

मूलखबर संवाददाता
काठमाडौं, १६ चैत्र

नेकपा अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपन्न वर्गलाई लक्षीत गरी विशेष राहत प्याकेज ल्याउन सरकारलाइ आग्रह गर्नुभएको छ । विश्वव्यापी महामारीको रुपमा विस्तार भईरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमणलाइ रोक्न जारी गरिएको लक डाउनको पाँचौ दिनमा एक भिडियो सन्देश जारी गर्दै सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्डले सो आग्रह गर्नुभएको हो ।

प्रचण्डले कोरोनाका कारण विश्वव्यापी रुपमा ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै विरामीहरुको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले यो जटिल अवस्थामा आफ्नो स्वास्थ्यको ख्याल नगरी युद्धस्तरमा विरामीको उपचारमा खटिरहेका स्वास्थयकर्मी चिकित्सकहरुप्रति विशेष धन्यवाद ज्ञापन गर्दे सम्मान व्यक्त गर्नुभएको छ ।

प्रचण्डले कोरोनाको कारणबाट चिन युरोप अमेरिका र भारतजस्ता देशहरुपनि प्रताडित बनेको उल्लेख गर्दै हामीले विश्व स्वास्थ्य संठिन र नेपाल सरकारले लागु गरेको नियमहरु पालना गरी लकडाउनलाई आत्मसाथ गर्न सकेमा नेपालीहरु कोरोनाको त्रासदिबाट मुक्त हुन सक्ने उल्लेख गर्दै यस अवधिमा घरै बस्न र बाहिर ननिस्कन अपील गर्नुभएको छ ।