बेशिशहर नगरपालिकाले लकडाउनबाट बेरोजगार मजदूर परिवारलाई ३० केजी खाद्यान्न दिने

मूलखबर संवाददाता
लमजुङ, १३ चैत

बेसीशहर नगरपालिकाकाले लकडाउनका कारण काममा निश्कन नसकेका मजदुरका परिवारलाई ३० केजी चामलसहितको खाद्य सामाग्री सहयोग गर्ने भएको छ ।  बेसीशहर नगरपालिकाका नगरप्रमुख गुमानसिंह अर्यालको अध्यक्षतामा आज बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो ।

नगरपालिकाका प्रेस सल्लाहाकार कृष्ण केसीले दिनुभएको जानकारी अनुसार नगर कार्यपालिकाले गरेका निर्णयहरु यस प्रकार छन् ।

१. लकडाउनका कारण काममा निश्कन नसकेका मजदुरका परिवारलाई ३० केजी चामलसहितको खाद्य सामाग्री सहयोग गर्ने
२. भोली १४ गतेसम्म सबै वडामा कम्तीमा १०/१० शैयाको क्वारेन्टाइनको निर्माण कार्य सम्पन्न गर्ने
३. क्वारेन्टाइनमा बस्नेलाई नगरपालिकाले खानाको ब्यबस्था गर्ने
४. नगरपालिकाले माक्स, पञ्जा र सेनिटाइजर बनाएर स्वास्थ्यकर्मी र यस्तो कार्यमा खटिनेलाई वितरण गर्ने
५. अति आबश्यक खाद्य सामाग्री आपूर्तिमा समस्या परेमा नगरपालिकाले ढुवानीको लागि घर÷घरमा निशुल्क ट्याक्टर पठाउने