नेपालमा विगत २४ घण्टामा कुनै संक्रमित थपिएनन् : स्वास्थ्य मन्त्रालय

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं, १३ चैत ।
नेपालमा कोरोना संक्रमण थपिएको छैन । स्वास्थ्य मन्त्रालयले नियमित रुपमा गरेको ब्रिफिङ कार्यक्रममा दिइएको जानकारी अनुसार विगत २४ घण्टामा कुनै पनि संक्रमित थपिएका छैनन् । आजसम्म ७ सय २४ को परिक्षण आशंकित विरामीको स्वाब परिक्षण गरिएकोमा जम्मा ३ जनामा मात्रै संक्रमण देखिएको र अन्यमा संक्रमण नभेटिएको जानकारी पत्रकार सम्मेलनमा गराइएको हो ।

विश्वभर २४ घण्टामा हजारौं नयाँ संक्रमित बीरामी थपिइरहेको र छिमेकी भारतमा पनि ५ दर्जन नयाँ बीरामी थपिएको जानकारी आइरहँदा नेपालमा २४ घण्टामा नयाँ संक्रमण नदेखिनुलाइ सुखद नै मान्न सकिन्छ तर संक्रमितहरुको संसर्गमा रहेका भनिएका सबै नागरिकको स्वाब परिक्षण गर्नुपर्ने कुरा भने सरकारले गर्न नसकेकोमा आलोचना भएको छ ।

कोरोना संक्रमित युवती र पछिल्लो युवक समेतसँग सम्पर्कमा रहेका उनका परिवार र साथीहरु तथा उनीहरु चढेका सवारी साधन र होटलमा भेटिएका मानिसहरुलाई बोलाएर स्वाव परिक्षण गर्नुपर्ने सरोकारवालाहरुले माग गरेका छन् ।