कोरोनाको रोकथाममा दोर्दी गाउँपालिकाले गर्यो यस्तो निर्णय : अपरिचितलाई प्रवेश रोक, निशुल्क एम्वुलेन्स सेवा

मूलखबर संवाददाता
लमजुङ्ग, १३ चैत

विश्वव्यापी महामारीको रुपमा विस्तार भइरहेको कोरोना भाइरस कोभिड १९ को रोकथामका लागि दोर्दी गाउँपालिकाले महत्वपूर्ण निर्णयहरु गरेको छ ।
दोर्दी गाउँपालिकाका उपाध्यक्ष दिलबहादुर घलेद्वारा जानकारी दिनुभएअनुसार लमजुङको दोर्दी गाउँपालिकाले कोरोना भाइरसको सम्भावित जोखिम, रोकथाम र नियन्त्रणका लागि गरेका निर्णयहरु :
1. लक डाउन हुनुभन्दा केही दिन अघि विदेशबाट गाउँ फिर्ती भएकाहरुको पहिचान गरि क्वारेन्टाइनमा राखिने ।
2. लकडाउन अवधिभर अपरिचित व्यक्तिहरुलाई गाउँपालिका क्षेत्रभित्र प्रवेश निषेध, गाउँपालिकाका बासिन्दालाई अन्यत्र जान रोक ।
3. जुनसुकै रोगका बिरामीको उपचारका लागि निस् शुल्क एम्बुलेन्स सेवा लक डाउन अवधिभर० प्रदान गरिने ।
4. यस क्षेत्रमा रहेका विभिन्न हाइड्रोपावरमा कार्यरत कामदारहरुको तथ्यांक संकलन, कामदारहरुलाई यथास्थानमा सुरक्षित रुपमा बस्न आग्रह ।
5. ज्याला मजदुरी गर्दै आएकालाई समस्या परेमा आवश्यकता अनुसार खाद्यान्न उपलब्ध गराउने ।
6. स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र एम्बुलेन्स चालकलाई मास्क, सेनिटाईजर वितरण ।