कोरोना रोकथाम कोषमा बनमन्त्रीका स्वकीय सचिव मुस्कानले दिए आधा महिनाको तलब

मूलखबर संवाददाता
काठमाडौं, १३ चैत

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमणले विश्वका करिब २ सय देश ग्रसित भइरहेका बेला नेपालमा पनि यसको संक्रमण देखिँदै गएको छ । यस्तो बेला नेपाल सरकारले कोरोना रोकथाम तथा उपचार कोष खडा गरी सबैलाई सक्दो सहयोग गर्न अपील गरेको छ ।

उक्त कोषमा सरकारका प्रधानमन्त्री, मन्त्री र कर्मचारीहरुले सहयोग गरेका खबरहरु आइरहँदा एक जना मन्त्रीका स्वकिय सचिवले पनि आफ्नो आधा महिनाको तलब सहयोग गरेका छन् । ती दानी व्यक्ति हुन् बन तथा वातावरण मन्त्री शत्तिः बहादुर बस्नेतका स्वकिय सचिव भिम बहादुर रोकाय ९मुस्कान० । उनी नेकपा जाजरकोट जिल्ला कमिटी सदस्य तथा राष्ट्रिय यूवा संघको केन्द्रीय सदस्य समेत रहेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर उक्त रकम कोरोनाले प्रभावित हुने कोरोना संक्रमितको जोखिममा रहेका श्रम गरेर बिहान बेलुकी छाक टार्ने अनाथ सडक बालबालिकाका लागि उक्त रकम कोषमा योगदान गरेको स्पष्ट पारेका छन् ।

उनले लेखेका छन् – देशलाई परेको संकटको घडीमा मेरो पनि सानो सहयोगले थोरै राहत पुगोस् भन्ने हितुले कोरोना संक्रमितको जोखिम मा रहेका श्रम गरेर बिहान बेलुकी छाक टार्ने अनाथ सडक बालबालिका हरूको लागि आधा महिनाको तलब भत्ता कोरोना भाइरस संक्रमित रोकथाम तथा उपचार कोषमा जम्मा गर्ने घोषणा गर्दछु तपाईं हरूपनि सहयोग गरेर कोरोना भाइरस विरुद्ध लडने सरकारको अभियानमा सहभागी हुनुहोस् ।

उनलाई हाम्रो पनि धन्यवाद !