कोरोना रोकथाममा बेशिशहर नगरपालिकाले गर्यो यस्तो घोषणा, १ करोडको कोष, घरघरै पुगेर उपचार
विश्वव्यापी महामारीको रुपमा विस्तार भइरहेको कोरोना भाइरस कोभिड १९ को प्रकोपबाट बच्न बेशिशहर नगरापलिकाले महत्वपूर्ण घोषणा गरेको छ ।
नगरपालिकाले कोरोना संक्रमण हुन नदिन र भइहालेमा उपचारमा सम्लग्न हुने चिकित्सकहरुलार्य विशेष राहत प्याकेज नै घोषणा गरेको छ ।
नगरपालिकाले कोरोना लागेका बिरामीको उपचार गर्ने क्रममा यो सङ्क्रण सरेर मृत्यु भएमा स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई १० लाख दिने घोषणा गरेको हो ।
त्यसैगरी नगरपालिकाले कोरोना उपचारको लागि १ करोड रुपैयाको अक्षयकोष स्थापना गरेको छ । त्यसैगरी लमजुङ जिल्ला सामुदायिक अस्पतालमा आइसुलेसन वार्डका लागि २ लाख बिनियोजन गरेको छ भने प्रत्येक वडामा थर्मगन किन्न १ लाख १० हजार बिनियोजनको घोषणा गरेको छ । साथै ७५ बर्ष माथि उमेरका बृद्वबृद्वालाई घर घरै पुगेर स्वास्थ्य परीक्षण गर्ने घोषणा पनि नगरपालिकाले गरेको छ ।