सरकारको निर्णय पालना गर्न पूर्ण प्रतिबद्ध छौं – एलआरआइ

मूलखबर संवाददाता
काठमाडौं, १० चैत

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ को प्रकोपलाई नेपाल भित्रन नदिन तथा रोकथाम गर्न नेपाल सरकारले गरेको निर्णय कार्यान्वयन गर्न प्रतिबद्ध रहेको एलआरआई विद्यालयले जनाएको छ ।

केही सञ्चारमाध्यममा एलआरआई विद्यालयले सरकारको निर्णय पालन गर्न अटेर गरेको भन्ने भ्रमात्मक समाचार प्रकाशन भएकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै एलआरआई विद्यालयका प्रिन्सिपल डा देवकान्त जोशीले आफूहहरु नेपाल सरकारको निति, नियम र घोषणा तथा निर्देशनहरु पूर्ण रुपले पालन गर्दै आईरहेको र गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

सोमबार एक विज्ञप्ति प्रकाशीत गर्दे प्रिन्सिपल जोशीले आफूहरु गुणस्तरिय शिक्षा, शैषिक वातावरण र सामाजिक उत्तरदायीत्व प्रति सधै प्रतिबद्ध रहेको र तद्अनुरुपको कार्यहरु गरिरहेको सन्दर्भमा यस शैक्षिक सत्रको कक्षा ९ सम्मको वार्षिक परिक्षाको परिक्षाफल प्रकाशीत गर्ने पुर्व तालिकाअनुरुप नै बेदगुरु नामक एप्लिकेशनमार्फत सार्वजनीक गर्ने विषय अभिभावकहरुलाई जानकारी गराइएकोमा संचारमाध्यमले त्यसलाई सरकारको घोषणा विपरित विद्यालयमा विद्याथीहरुलाई भेला गरी स्वास्थ्यसँग खेलवाड गर्न खोजेको भन्ने भ्रमात्मक समाचार प्रकाशन भएको बताउनुभयो ।

विद्यालयले बेदगुरु एप्लिकेशनमार्फत चैत १०, ११, १२, १३ र १४ गते परिक्षाफल प्रकाशन गर्ने तालिका सार्वजनीक गरेको थियो ।

उहाँले विद्यालय ट्रष्टमा गइसकेकोले सम्पूर्ण सम्पत्ति पनि नेपाल सरकारको भएकाले आफूहरुलाई कुनै लोभ वा लालच नभएको स्पष्ट पार्दै आफूले शैक्षिक र स्थानिय सामाजिक विकासमा पुर्याएको योगदान र साथको अवमुल्यन गरिएकोमा दुख लागेको बताउनुभयो । उहाँले एलआरआईको वास्तविक स्थिति स्थलगत अवलोकन गरी बुझ्न पनि अपील गर्नुभएको छ ।

अनलाईनले विद्यालयले सरकारले शिक्षण संस्था बन्द गर्न घोषणा गरेपनि एलआरआइले विद्यार्थीहरु भेला गरेको भनेर घाेषणा गर्नुभन्दा केही दिन अगाडिको फोटो प्रकाशन गरेको बताउनुभयो । जसलाई एलआरआईकाे फेसबुक पेजमा अद्यावधिक देख्न सकिने उहाँले दावी गर्नुभयो ।

उहाँले आफूहरुले नियतबस कुनै गल्ती कमजोरी नगरेको र यदि गरेको पुष्टि भए सजायाँको भागिदार बन्न तयार रहेको पनि बताउनुभयो । उहाँले आफ्नो सुचनाका कारण अभिभावक, विद्यार्थी र आम जनमानसमा पर्न गएको भ्रमप्रति क्षमायाचना गर्नुभएको छ ।

एल आरआई विद्यालयले नेपालमै पहिलो पटक स्टुडेन्ट पार्लियामेन्ट निर्माण गरेर सञ्चालन गरिसकेको छ भने चिनिया भाषाको कक्षा सञ्चालन गरिरहेको छ । चिनिया महामहिम राष्ट्रपति नेपाल भ्रमणमा आउँदा विमानस्थल र सडकमा स्वागत र विदाई गर्दा चिनिया भाषामा बोल्ने विद्यार्थी एल आरआई विद्यालयकै रहेका थिए ।

त्यसैगरी यस विद्यालयले नेतृत्व विकास सम्वन्धी विभिन्न क्रियाकलापहरु पनि सञ्चालन गररहेको छ ।  गुणस्तरीया र सुलभ शिक्षा प्रदान गरिरहेको एल आरआई विद्यालयले चिन भारतसहित देशहरुमा विद्यार्थी आदानप्रदान कार्यक्रम पनि सञ्चालन गरेको छ ।