नवलपुरकाे हुप्सेकाेटमा भेटियाे यतिधेरै हतियार र गोलि

मूलखबर संवाददाता
काठमाडौं

पुर्वी नवलपरासी हुप्सेकोट गाउँपालिकाबाट बिहिबार प्रहरीले ठुलो परिमाणमा हतियार तथा गोलि बरामद गरेकाे छ ।
प्रहरीले हुप्सेकोट गाँउपालीका – २ चपाहा बस्ने वर्ष ६३ को तारा बहादुर बि.क.को घरमा ठुलो परीमाणमा हतियार बरामत गरेको शुक्रवार पत्रकार सम्मेलन मार्फत जानकारि दिएकाे हो ।
गोप्य सुचनाको आधारमा प्रहरीले छाँपा मार्दा विश्वकर्माको घरको कोठा भित्र लुकाई छिपाई गरी राखेको अवस्थामा हात हतियार तथा गोली फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख दिपक रेग्मि जानकारी दिनुभएको छ ।
प्रहरीले निज तारा बहादुर बिश्वकर्मा सहित भरुवा बन्दुक २ थान , एयर गन १ थान, Auto Pistol Made in USA (9 MM SRunno 100 एक थान, पेस्तोलको गोली ५ राउण्ड, एस एल आर गोली २ राउण्ड, थ्रि नट थ्रि राईफल १ राउण्ड, एम १६ गोली १ राउण्ड, अन्य हतियारको गोली २ राउण्ड, सर्टगनको खोका थान २, पुरानो कट्टा पेस्तोलको पार्ट पुर्जाहरु र घोडा चाप तथा अन्य पार्ट पुर्जाहरु समेत बरामत गरेको जनाइएकाे छ। नियन्त्रणमा लिएका तारा बहादुर बि.क.लाई समेत पक्राउ गरी थप अनुसन्धान भईरहेको छ ।

प्रहरीले सरकारले प्रतिवन्ध लगाएकाे विप्लव नेतृत्वको नेकपाकाे अावद्वताबारे अनुसन्धान गरिरहकाे बताइएको छ ।