कोरोना : चिनमा नयाँ संक्रमण शुन्य, भारतमा बढ्दो

मूलखबर संवाददाता
काठमाडौं, ६ चैत ।

विश्वव्यापी महामारीको रुपमा विस्तार भइरहेको कोरोना उद्गम थलो उत्तरी छिमेकी मुलुक चिनमा नियन्त्रणमा आएको बताइएको छ भने दक्षिणी छिमेकी मुलुक भारतमा र अन्य मुलुकहरुमा वढ्दो गतिमा छ ।
संक्रमण सुरु भएको तीन महिनामा चीनमा पहिलो पटक कोभिड–१९ को कुनै बिरामी फेला परेको छैनन् । कोभिड–१९ को केन्द्रबिन्दु चीनको हुवेइ प्रान्तको वुहानमा महिनौंको संघर्षपछि एकजना पनि नयाँ संक्रमित फेला परेको छैनन् भने
भारतको दश राज्यमा कोभिड – १९ का नयाँ संक्रमित थपिएका छन् । भारतको लद्दाखदेखि तामीलनाडुसहितका राज्यमा कोरोना भाइरस संक्रमणका बिरामीहरु थपिएका छन् ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार बुधबारसम्म भारतमा संक्रमण पुष्टि भएकाहरुका संख्या १७० पुगेको जनाएको छ ।

सञ्चारमाध्यम सिन्हवाका अनुसार हुवेइ प्रान्तस्थित स्वास्थ्य आयोगले बुधबारसम्म वुहानमा ५० हजार पाँच र हुवेइ प्रान्तमा ६७ हजार ८०० संक्रमितको पुष्टि भएको जनाएको छ । उक्त संख्या मङ्गलबार जत्तिकै हो । यसै साताको सुरुमा एकाइ संख्यामा नयाँ संक्रमित थपिदै आएको वुहानमा बुधबार नयाँ संक्रमित फेला नपरेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । अघिल्लो महिना दैनिक रुपमा वुहान हजारौंको संख्यामा संक्रमित थपिएका थिए ।

बुधबार ७९५ जना संक्रमित अस्पतालबाट निको भएर घर फर्केका छन् । अस्पतालमा भर्ना भएका बिरामीको संख्या छ हजार ६३६ रहेको छ । जसमध्ये एक हजार ८०९ को अवस्था गम्भिर छ भने ४६५ जना आईसीयूमा भर्ना छन् ।
चीनमा अब भने बाहिरबाट आउने यात्रुले संक्रमण लिएर आउन सक्ने जोखिम बढ्दो छ । बुधबार बाहिरबाट चीन आएका ३४ जनामा संक्रमणको पुष्टि भएको छ ।

संक्रमणपछि वुहानमा सहयोगका लागि परिचालन गरिएका दुई हजार ५२० जना स्वास्थ्य अधिकारीहरु बुधबार वुहानबाट जियान्सी प्रान्तका लागि प्रस्थान गरेका छन् ।

भारतको दश राज्यमा कोभिड – १९ का नयाँ संक्रमित थपिएका छन् । भारतको लद्दाखदेखि तामीलनाडुसहितका राज्यमा कोरोना भाइरस संक्रमणका बिरामीहरु थपिएका छन् ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार बुधबारसम्म भारतमा संक्रमण पुष्टि भएकाहरुका संख्या १७० पुगेको जनाएको छ । बुधबार २८ जना नयाँ बिरामी थपिएको द् टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले उल्लेख गरेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितको संख्या १५० मात्रै रहेको जनाएको छ ।
तेलङ्गानामा आठजना, राजस्थान र कर्नाटकामा तीन तीन जना, नयाँ दिल्ली, महाराष्ट्र र उत्तर प्रदेशमा दुई दुई जना तथा हरयाणा, लद्दाख, जम्मु काश्मिर र तामीलनाडुमा एक एकजना नयाँ संक्रमित फेला परेका हुन् । महाराष्ट्रमा जमा संक्रमितको संख्या ४५ पुगेको छ । केरलामा २७, उत्तरप्रदेशमा १७, कर्नाटकामा १४, तेलङ्गामा १३ जनामा संक्रमित पुष्टि भएको हो । महाराष्ट्रसँग जोडिएको पुणेमा १८ मा संक्रमित छन् । जम्मु काश्मिरमा संक्रमितको संख्या तीन पुगेको छ ।
भारतमा संक्रमित हुने अधिकांश इन्डोनेशिया, इटाली, इरान र साउदी अरबबाट फर्केकाहरु रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।