नेकपा सचिवालयको निर्देशनपछि एसइइ र त्रिविका सबै परिक्षा स्थगित

मूलखबर संवाददाता
काठमाडौं, ५ चैत ।

सत्तारुढ दल नेकपाको सचिवालय बैठकको निर्देशनपश्चात सरकारले भोलिबाट सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) लगायत चैतमा हुने सबै तहका परीक्षाहरु स्थगित गरेको छ ।

विश्ववपी महामारीको रुप्मा विस्तार भइरहेको कोरोना भाइरसको संक्रमणलाई नेपालमा भित्रन र विस्तार हुन नदिन बुधबार साँझ बसेको नेकपाको सचिवालय बैठकले सरकारलाइ परीक्षा स्थगित गर्न सुझाव दिए पछि उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा गठित कोविड-१९ संक्रमण तथा रोकथाम उच्चस्तरीय समितिले सो निर्णय गरेको हो ।

एसईई परीक्षा चैत ६ गते बिहीबारदेखि सञ्चालन गर्ने तयारी गरेको थियो ।
कोरोना भाइरसको संक्रमण फैलन सक्ने अबस्थालाई विचार गरी सरकारले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय सिटिइभटिले सञ्चाल गर्ने र विद्यालय तहका समेत सबै परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थागित गरेको हो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयस्तर तथा उच्च शिक्षाका सबै परीक्षा स्थगित गरेको जनाएको छ ।