काेराेनाले बढायाे चिन-अमेरिका अविश्वास : चिनले भन्याे काेराेनाकाे कारक अमेरिकी सेना

मूलखबर संवाददाता
काठमाडौं

विश्वव्यापी महामारीको रूप लिइरहेको काेराेना काेभिड-१९ ले एकातिर मानिसहरूकाे ज्यान लिने क्रम बढिरहेको छ भने यसकै कारण विश्व महाशक्तिका प्रतिस्पर्धी चिन र अमेरिकाबीच अविश्वास पनि बढेको छ ।

चिनकाे वुहानबाट फैलिएको भनिएको काेराेना अमेरिकी सेनाले चिनमा ल्याएको चिनले अाराेप लगाएकाे छ तर अमेरिकाले यसकाे कारक चिनकै समुद्री खाना र चिनियाँ भएकाे यस अघि बताएकाे थियाे ।

चिनले काेराेनाकाे प्रकाेपबाट मुक्त भएकाे घाेषणा गरिसकेको छ भने अमेरिका र अन्य १३८ देशमा काेराेनाकाे कारण ५ हजार बढिकाे ज्यान गइसकेकाे छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले चीनमा कोरोना भाइरस कोभिड-१९ को कारक अमेरिकी सेना भएको बताएका छन् ।

उनले शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् अमेरिकी सेनाले हुबेईको वुहानमा कोरोना भाइरस भित्र्याएको आरोप लगाएका हुन् ।

शुक्रबार बिहान चाओले क्यानडेली कन्सपाइरेशन वेबसाइटले उल्लेख गरेअनुसार कोरोना भाइरस चीनको समुद्री खानाबाट नफैलिएको बताएका छन् । वेबसाइटले यो भाइरस अमेरिकामा निस्किएको दाबी गरेको थियो । आधिकारिक एकाउन्टबाट ट्वीट गर्दै चाओ यसले आफूले यसअघि विश्वास गर्दै आएको कुरालाई पनि परिवर्तन गरिदिएको बताए ।

यस विषयमा चीनस्थित अमेरिकी दूतावासले भने कुनै प्रतिक्रिया दिएको छैन । गत अक्टोबरमा चीनको वुहानमा इन्टरनेशनल मिलिटरी वर्ल्ड गेम्स आयोजना गरिएको थियो, यसमा अमेरिकी सेनाले पनि भाग लिएको थियो । अहिले लगाइएको आरोप सोही प्रतियोगितासँग जोडिएको बताइएको छ ।

चाओले ट्वीटरमा गरेको पोष्टमा अमेरिकाले यस विषयमा पूरा जानकारी नदिएको भन्दै पारदर्शीता देखाउँदै सबै विवरण दिनुपर्ने बताएका छन् ।

गत डिसेम्बरमा चीनको वुहानमा पहिलोपटक यो भाइरस पाइएको थियो । अहिले यसको संक्रमण विश्वका १२४ मुलुकमा फैलिसकेको छ । यसबाट मृत्यु हुनेको संख्या पनि ५ हजारको हाराहारीमा पुगेको छ ।

कोरोना भाइरसलाई रासायनिक प्रयोगकशालामा जैविक हतियारको रुपमा प्रयोग गर्न बनाइएको हल्ला पनि फैलिएको थियो । तर, यो हल्ला निराधार रहेको वैज्ञानिकहरुले बताएका छन् ।

चाओले ट्वीटरमा गरेको पोष्टमा अमेरिकाले यस विषयमा पूरा जानकारी नदिएको भन्दै पारदर्शीता देखाउँदै सबै विवरण दिनुपर्ने बताएका छन् ।

अहिले अमेरिका कोभिड-१९ रोक्न संघर्ष गरिरहेको छ । लामो समयदेखिका दुई प्रतिस्पर्धीको रुपमा रहेका चीन र अमेरिकाले एक अर्काको आलोचना गर्दै आएका छन् । चिनियाँ स्थानीय सञ्चारमाध्यमले अमेरिकाले शुरुमा कोभिड-१९ विरुद्ध लड्न सहयोग नगरेको, पछि यसलाई चीनविरुद्ध हल्ला फैलाउन सहयोग गरेको र अहिले आफैंले पनि यसलाई रोक्न नसकेको भन्दै आलोचना गर्दै आएका छन् ।