काेराेना संक्रमण राेक्न बेल्जियमले गर्याे यस्तो निर्णय : मेडिकल र खाद्यान्न पसलबाहेक सबै बन्द

मूलखबर संवाददाता
काठमाडौं, २९ फागुन

काेराेना संक्रमण फैलन नदिन युराेपियन मुलुक बेल्जियमले २ हप्ता सम्पूर्ण व्यवसाय र शैक्षिक संस्था बन्द गर्ने घाेषणा गरेको छ ।

चिनबाट सुरु भएको कोरोना भाइरस अहिले यूरोपको प्राय सबै देशहरुमा फैलिएको समयमा बेल्जियमले आफ्नो देशमा सङ्क्रमण फैलन नदिन भोलि बेलुका १२  बजे बाट सुरु भै अप्रिल ३ गते सम्म लागु हुनेगरी मेडिकल र केहि खाधन्न पसल बाहेक सबै अन्य कुराहरु बन्द गराउने भएको हाे ।

सरकारले अाधिकारिक रूपमा सुचना जारि गरि सम्पूर्ण शिक्षण संस्था, व्यवसायिक प्रतिष्ठान, रेष्टुरेन्ट बन्द गर्न अपिल गरेकाे युवा व्यवसायी काशि दनैले बताउनुभयाे । उहाँका अनुसार छिमेकी देश ईटालिमा काेराेनाका कारण बढिरहेकाे मृत्युदरले सिंगै युराेप भयभित छ ।