
अस्पतालबाट भागेका भनिएका व्यक्ति निरन्तर सम्पर्कमा : टेकु अस्पताल
टेकुस्थित शुक्रराज तथा ट्रोपिकल अस्पतालको ‘आइसोलेसन वार्ड’बाट हराएका भनिएका युवा नियमित अस्पतालको सम्पर्कमै रहेका अस्पतालले जनाएको छ ।
उनी विरामी भएकोले अस्पतालमा २ /३ पटक आउंदै जाँदै गरेको र हाल सम्पर्कमै रहेको अस्पतालका प्रवक्ता डा. अनुप बास्ताेलाले बताए। उनले भने, ‘उनीमा कोरोना भाइरसको संक्रमण पाइएन। उनी भागेका हैनन्।’
कोरोनाको संक्रमणसँग मिल्ने लक्षण देखिएपछि जाँच गराउन उनी अस्पताल पुगेका थिए। उक्त युवा दक्षिण कोरियामा कार्यरत रहेको र कोरोनासँग लक्षण उनीमा देखिएको भन्दै नेपाल फर्काइएको खुल्न आएको छ। उनलाई नेपालको विमानस्थलबाटै बुधबार राति टेकु अस्पताल पुर्याइएको थियो ।
विभिन्न मिडियाहरूले प्रहरीको हवाला दिँदै उनी भागेर बेपत्ता भएकाे र काराेना संक्रमित भएको भन्दै प्रचार गरिरहेका थिए ।
