नेपाल भित्रियो धुँवारहित ईटा उत्पादन प्रविधि
नेपालमा धुँवारहित ईटा उत्पादन गर्ने प्रविधि असल ईटा पद्धति भित्रिएको छ ।
गोरखा ईन्नोटेक प्रालिले पहिलो पटक असल ईटा पद्धति बाट ईटा उत्पादन सुरु गरेको हो । प्रालिले माघ महिना देखि असल ईटा पद्धतिबाट ईटा उत्पादन सुरु गरेको हो । असल ईटा पद्धतिलाई कोरियन कम्पनी ईन्नोसिएसआर ले नेपाल भित्र्याएको हो ।
ईन्नोसिएसआरले नेपालमा औपचारिक रुपबाटै असल ईटा पद्धतिको व्यवसाय सुरु गरेको छ । कम्पनीले बुधबार काठमाण्डौमा पत्रकार सम्मेलन गरि असल ईटा पद्धतिको बारेमा जानकारी गराएको हो । ईन्नोसिएसआर का सिईओ साम योन्सुक लि ले धुँवारहित यो प्रविधि वातावरण र श्रम मैत्री हुनुको साथै परम्परागत भन्दा अत्याधिक उत्पादन गर्न सकिने बताउनुभयो । उहाँले यो प्रविधि ईटा उत्पादनको क्षेत्रमा नविनतम बैकल्पिक प्रविधिको रुपमा नेपाल भित्र्याईएको पनि बताउनुभयो । झण्डै २ करोड लागत लाग्ने यो प्रविधिको प्रयोगले बर्षैभरी ईटा उत्पादन गर्न सकिने उहाँले बताउनुभयो ।
धुँवा रहित प्रविधिबाट ईटा उत्पादन गर्दा माटो, सिमेन्ट र स्वाईल स्टेवलाईजर पानीको मिश्रणबाट मजबुत पारी तयार गरिन्छ । तत्कालका लागि स्वाईल स्टेवलाईजर कोरियाबाट नै ल्याउनुपर्ने भएपनि भविश्यमा नेपालमा नै उत्पादन गर्ने तयारी भईरहेको ईन्नोसिएसआर का सिईओ लि बताउनुभयो ।
बार्षिक २ करोड ईटा उत्पादन क्षमता रहेको यो प्रविधिबाट ५ दिनमा प्रयोग गर्न सकिने ईटा तयार हुन्छ । परम्परागत प्रणालीमा प्रयोग गर्न मिल्ने ईटा तयार हुनका लागि कम्तिमा २८ दिन लाग्छ ।