भारतले रोक्यो सिटामोलसहितका २६ औषधी र कच्चा पदार्थ

मूलखबर संवाददाता
काठमाडौं, २१ फागुन ।

नेपालमा कोरोनाको त्रास बढिरहँदा भारतले पारासिटामोलसहित २६ प्रकारका औषधी र कच्चा पदार्थ निर्यातमा रोक लगाएको छ ।

कोरोना भाइरस संक्रमणले आफ्नो मुलक संकटमा फस्न सक्ने र उक्त समयमा हुने अभावको सामाना गर्न यस्तो निर्णय लिनु परेको भारतीय वाणिज्य एवं उद्योग मन्त्रालयका विदेश व्यापार महानिर्देशालयलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमले लेखेका छन् ।

सरकारले तोकेको २६ प्रकारका औषधी निर्यात गर्नुपूर्व सरकारसंग अनुमति लिनु पर्ने समाचारहरुमा जनाइएको छ । आन्तरिक मागलाई समीक्षा गरेरमात्रै सरकारले इजाजतको प्रक्रियामाथि विचार गर्ने समाचारमा भनिएको छ ।

रोक लगाएका औषधीहरुमा पारासिटामोल, टिनिडाजोल, मेट्रोनिडाजोल, भिटामिन बी ६, १२, क्लोराम्फेनिकल, नियोमाइसिन र औषधी बनाउन प्रयोग हुने कच्चा पदार्थहरु रहेका छन् ।