प्रधानमन्त्रीको दोश्रो मिर्गौला प्रत्यारोपण सम्पन्न
काठमाडौं, २१ फागुन।
प्रधानमन्त्री केपी शर्मा ओलीको दोश्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको छ ।
त्रिवि शिक्षण अस्पतालमा बुधबार मिर्गौला प्रत्यारोपण गरिएको हो । नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको दोश्रोपटक मृगौला प्रत्यारोपण गरिरहँदा स्वास्थ्य लाभ र सफलताको कामना गर्नेहरुलाइ यो खबर सुखद खबर भएको उहाँको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको थियो। ओलीलाई भान्जीले मिर्गौला दिएकी हुन् । प्राध्यापक डा। अरुण शायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट गरेको छ ।
उपचारमा संलग्न चिकित्कसहरुले अबको एक घन्टापछि पत्रकार सम्मेलन गरेर थप जानकारी दिनेछन् । ओलीको यो दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसले राम्रोसँग काम नगरेपछि कात्तिकबाट नियमित डायलासिस गर्न थालिएको थियो ।