राष्ट्रियसभाका नवनिर्वाचित नारायणकाजी श्रेष्ठ लगायत १८ सांसदले लिए सपथ
राष्ट्रियसभाका निर्वाचित १८ सांसदले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
संसदको ल्होत्से हलमा बुधबार बिहान आयोजित एक कार्यक्रमबीच राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद्हरूलाई शपथ गराउनुभएको हो ।
राष्ट्रियसभाका १८ पद रिक्त हुने भएपछि यही माघ ९ गते निर्वाचन भएको थियो । १८ सांसद्को २ वर्षे कार्यकाल सकिएलगत्तै निर्वाचित सांसदहरूलाई शपथ गराइएको हो ।
अर्थमन्त्री युवराज खतिवडा समेतका १८ जनाको समयावधी हिजो फागुन २० गते समाप्त भएपछि आज नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ लगायतका नवनिर्वाचित सदस्यहरुले सपथ लिएका हुन् ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १६ र राष्ट्रिय जनता पार्टी नेपाल राजपाका दुई सदस्यले पद तथा गोपनियताको सपथ लिएका हुन् । मंगलबार राष्ट्रपतिबाट मनोनित १ सहित १९ जनाको कार्यकाल सकिएको थियो ।
रिक्त पदका लागि गत माघ ९ गते निर्वाचन भएको थियो । यद्यपी राष्ट्रपतिबाट मनोनित हुने सदस्यको भने टुगो लागेको छैन् । सत्तारुढ दल नेकपाको सचिवालयले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेपनि सिफरिस भने भएको छैन् । सपथ लिने सदस्यहरुमा नारायणकाजी श्रेष्ठ, बेदुराम भूसाल, देवेन्द्र दाहाल, इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अच्छामी, तुलसाकुमारी दाहाल, राधेश्याम पाश्वान, शेखरकुमार सिंह र मृगेन्द्रकुमार सिंह यादव रहेका छन् ।
यसैगरी भगवती न्यौपाने, तारामान स्वाँर, शारदादेवी भट्ट, सुमित्रा विसी, मायाप्रसाद शर्मा, गोपाल भट्टराई, विमला घिमिरे, गंगाकुमारी बेल्बासे र जगतप्रसाद शर्माले पनि आज नै सपथ लिएका छन् ।
सो अवसरमा सङ्घीय संसद् सचिवालयले उनीहरुलाई संविधान र कानूनसहितको झोला उपलब्ध गराएको थियो ।