कोरोना कहर : चिन तंग्रिँदै, अन्यत्र फैलिँदै, अमेरिकामा दुईको मृत्यु

मूलखबर संवाददाता
काठमाडौं, १९ फागुन ।

कोरोनाको केन्द्र रहेको चिन विस्तारै तंग्रीँदै जाँदा यसको प्रभाव चिन बाहेकका देशहरुमा फैलिँदै गएको छ । कोरोनाको केन्द्र चिनको वुहान शहरमा रहेका अस्पतालमा विरामीहरु डिस्चार्ज हुँदै क्वारेन्टाइनबाट घर फकिँने क्रम दिनानुदिन तिब्र बन्दै गइरहेको छ तर चिनबाहेकका अन्य मुलुकमा भने कोरोनाको संक्रमण त्यतिनै तिब्र फैलिँदै गएको छ ।

कोरोना भाइरस ९कोभिड–१९० का कारण अमेरिकामा स्थानीय समयअनुसार शनिबार राति दोस्रो व्यक्तिको मृत्यु भएको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार वासिंगटनको किंग काउन्टीमा शनिबार एक जनाको मृत्यु भएको हो ।

मृतकमा किर्कल्यान्डको एभरग्रीन अस्पतालमा भर्ना भएका बिरामी ७० वर्षीय पुरुष रहेको अमेरिकी स्वास्थ्य अधिकारीले जानकारी दिएका छन्। यसअघि शनिबार नै वासिंगटनमा एक जनाको मृत्यु भएको थियो। कोभिड–१९ का कारण अमेरिकामा मृत्यु हुनेको संख्या २ र अमेरिकी नागरिकको संख्या ३ पुगेको छ। यसअघि चीनको वुहानमा रहेका एक ६० वर्षीय अमेरिकी नागरिकको मृत्यु भएको थियो।
सोमबार बिहानसम्म अमेरिकामा ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

विश्वभर ३ हजारभन्दा बढीको मृत्यु, ८८ हजारभन्दा बढी संक्रमित
कोभिड–१९ का कारण चीनमा आइतबार थप ४२ जनाको मृत्यु भएको छ। चिनियाँ स्वास्थ्य आयोगका अनुसार चीनमा आइतबार थप २०२ जनामा संक्रमण देखिएको छ। चीनमा पछिल्लो समय मृत्यु हुने र संक्रमितको संख्या घट्दै गएको छ। सोमबार बिहानसम्म चीनमा दुई हजार ९सय १२ जनाको मृत्यु भएको छ भने ८० हजार २६ जनामा संक्रमण देखिएको छ।

चीनपछि सबैभन्दा बढी इरानमा ५४ जनाको मृत्यु भएको छ। सोमबार बिहानसम्म इरानमा ९सय ७८ जनामा संक्रमण देखिएको छ। त्यस्तै चीनबाहिर सबैभन्दा बढी संक्रमित दक्षिण कोरियामा रहेका छन्। दक्षिण कोरियामा सोमबार बिहानसम्म संक्रमितको संख्या ४ हजार २ सय १२ पुगेको छ भने मृतकको संख्या २२ पुगेको छ।

इटालीमा पनि संक्रमण बढ्दो
युरोपेली मुलुक इटालीमा आइतबार मात्रै थप ५ सय ७३ जनामा संक्रमण देखिएको छ। सोमबार बिहानसम्म इटालीमा एक हजार ७ सय १ जनामा संक्रमण देखिएको छ। इटालीमा ४१ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै डायमन्ड प्रिन्सेस पानीजहाजमा ७ र अन्य ठाउँमा ६ गरी जापानमा १३ जनाको मृत्यु भइसकेको छ। जापानमा संक्रमितको संख्या ९ सय ६१९पानीजहाजमा ७०५० रहेको छ।

त्यस्तै कोभिड–१९ का कारण अमेरिका, फ्रान्स र हङकङमा २–२ जनाको मृत्यु भएको छ। त्यस्तै थाइल्यान्ड, ताइवान, अस्ट्रेलिया, सान मारिनो, र फिलिपिन्समा एक–एक जनाको मृत्यु भएको छ।