टिसिएल टिभीको माग बढ्दै

मूलखबर संवाददाता
काठमाडौं, १६ फागुन ।

विश्व बजारमा उत्पादनका आधारमा टिसिएल दोस्रो ठूलो ब्राण्ड हो । नेपालमा पनि पछिल्लो समय टिसिएलका बिद्युतिय उपकरणको माग बढ्दो छ ।

अघिल्लो ३ वर्षको तुलनामा टिसिएल एलइडी टिभीको माग ५० प्रतिशतले बढेको छ । नेपालमा टिसिएल ब्राण्डका टेलिभिजनका साथै वासिङ मेसिन, एसी, चेष्ट फ्रिजर, वाटर डिस्पेन्सर, लगायतका उपकरणहरु चौधरी ग्रुप अन्तर्गत इओएल प्रा।ली मार्फत नेपाली बजारमा बिक्री हुने गर्छ ।

अहिले नेपालमा टिसिएल ब्राण्ड चौथौं स्थानमा पर्छ । बजारमा टिसिएल स्मार्ट टिभिको माग बढ्दो छ । अहिले एलइडीमा पनि युएचडी टीभीको माग बढ्दो छ । नयाँ पुस्ता प्रबिधिसँग नजिक हुने कारण उनिहरुलाई नयाँ नयाँ प्रोडक्टको फिचरको बारेमा जानकारी हुन्छ । त्यसैले स्मार्ट टिभीको जवानामा थप प्रबिधिसहितको युएचडी टिभि आएको छ । यसको माग बढ्दै गएको छ ।

विश्व बजारमा आएको नयाँ प्रविधिलाई आगामी दिनमा नेपाली बजारमा ल्याउने तयारीमा छौ । सुलभ मुल्य, क्वालिटि प्रोडक्ट, सर्भिसमा विश्वसनियताका कारण नै नेपालमा सिजी इलेक्ट्रोनिक्सको बजार बढ्दो छ । सिजी इलेक्ट्रोनिक्सले सातै प्रदेशमा डिलर र सर्भिस सेन्टरहरु विस्तार गरी सेवा दिदै आएको छ । नेपालको ग्रामिण वस्तीदेखि ठूलो बजारसम्म सीजी इलेक्ट्रोनिक्सका सामान सजिलै पाइन्छ ।

सर्वसाधारणदेखि उच्च वर्गिय उपभोक्तालाई ध्यानमा राखेर सेवा प्रदान गरेकै कारण हामी सफल भएका हौ । हामीले सधै गुणस्तरियतामा विश्वास गरेका छौ । टिसिएल आफैमा ब्राण्ड हो ।नेपाली बजारमा टिसिएलका युएचडी टिभीमा ऋट र एड गरी दुई ओटा नयाँ मोडल सार्वजनिक भएको छ ।

युएचडी टिभिमा आर्ट डिजाइन, स्मार्ट फङ्सन, भ्वाईस कमाण्ड, गुगल असिस्टेन्ट, गुणस्तरिय दृष्य, कनेक्टीभिटी तथा क्वालिटियुक्त साउण्ड छन् । आर्टका मात्र चार डिजाइन छन् । स्मार्ट फङ्सनमा नेटफ्लिस, युटुव, एप स्टोर, टीभि ३ पल्स समावेश गरिएको छ । यूएचडी टिभिमा ब्लुतुथ, वाइफाइ, एचडीआई र युएसवी जडान गर्ने मिल्छ ।

टिसिएल टिभी सन १९८१ मा सुरुवात गरेको पाइन्छ । आइएचएस पछिको २०१६ मा नै उत्कृष्ट टप ३ मा परेको थियो । यसले गर्दा पनि अहिले विश्व बजारमा यसको माग अत्याधिक बढेको कम्पनीले जनाउदै आएको छ । टिसिएल प्यानल, मोडुलस, सेट र व्याकलाइट क्षमतामा उत्पादन भएको हो । सन २०१६ मा नै आइएचएस मार्फत उत्पादनको आधारमा विश्वको टप तीनमा परेको थियो ।

विश्वमा टिसिएल ब्राण्ड मुल्याकन २००७ मा ४०।१३६ अर्ब च्ःद्य रहेकोमा १० वर्षमा बढेर ८०६।५६ अर्ब च्ःद्य पुगेको छ । टिसिएल टिभिको विश्व बजारमा माग अत्याधिक बढेको देखिन्छ । टिसिएल ब्राण्ड विश्वमा १५ ओटा अवार्ड विजेता समेत भइसकेको छ । टिसिएलको २३ वटा आर।एण्ड।डि। सेन्टर ७५ हजार कर्मचारी २१ वटा म्यानुफ्याक्चरीङ बेस, १६० वटा विश्व बजारमा आप्mनो व्यापार विस्तार गरेको छ ।

सिजी इलेक्ट्रोनिक्सले टि।सि।एल। ब्राण्डको टिभि नेपाली बजारमा ल्याएकाले ग्राहकले पनि मन पराइ दिएका छन । त्यसैले आगामी दिनमा अझ यसका विश्वमा उत्कृष्ट टिभि नेपाली बजारमा ल्याउन लागेको छ ।