ट्रम्पकाे सुरक्षामा अाणविक स्विच : यस्तो छ भारतमा ट्रम्पकाे भ्रमण तयारी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतकाे भ्रमणमा रहँदा उनकाे सुरक्षाका लागि अाणविक स्विच समेतकाे व्यवस्था गरिएको छ ।
संसारका सबैभन्दा शक्तिशाली व्यक्तिको रुपमा गनिन्छन्। प्रत्येक सेकेन्डमा विश्वले उनका प्रत्येक कदमहहरु नियालिरहेको हुन्छ । उनै शक्तिशाली राष्ट्रपति ट्रम्पले सोमबारदेखि ३६ घण्टा अमेरिकादेखि १२ हजार किमीको दुरीमा रहेको भारतमा बिताउँदैछन् । राष्ट्रपति ट्रम्प भारतमा रहँदा उनको सुरक्षा संवेदशनशिलता पनि उत्तिक्कै हुनेगर्छ । त्यसैले सो परिस्थितिलाई मध्यनजर गर्दै भारत सरकारले राष्ट्रपति ट्रम्प, उनको परिवार र प्रतिनिधिमण्डलको सुरक्षाको विशेष व्यवस्था गरेको छ ।
उनीहरुको सुरक्षाका लागि ५ सुरक्षा घेरा तयार गरिएको छ । भारतले उनको सुरक्षाका लागि यतिसम्म तयारी गरेको छ कि सुरक्षा व्यवस्थामा कतै कमजोरी महसुस नहोस् । विश्वकै सुरक्षित मानिने सुरक्षा कार क्याडेलिक (बिस्ट) र विशेष हेलिकोप्टर मरिन वन पनि तयारी अवस्थामा राखिएको छ । उनीहरुलाई ती साधनले मोटेरा स्टेडियमबाट एयरपोर्ट र आग्रा एयरपोर्टबाट ताजमहलसम्म सेवा उपलव्ध गराउँछन् ।