
कांग्रेसद्वारा राष्ट्रियसभा बैठक अबरुद्ध
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गरी छानबिन प्रकृया अगाडी बढाउनुपर्ने माग राख्दै नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ ।
बिहीबारको राष्ट्रियसभा बैठकमा नेपाली कांग्रेसले बास्कोटालाई बर्खास्त गर्नुपर्ने, घटनाको विषयमा छानबिन गर्न समिति गठन गर्नुपर्ने र प्रधानमन्त्रीले संसदमा यसको जवाफ दिनुपर्ने माग राख्दै बैठक अवरुद्ध गरेको हो ।
नेपाली कांग्रेसको तर्फबाट जितेन्द्र नारायण देवले बास्कोटालाई बर्खास्त गरी छानबिन प्रकृया अगाडी बढउनुपर्ने माग राख्दै प्रधानमन्त्रीले यो विषयमा संसदमा जानकारी गराउनुपर्छ भन्नुभयो । कांग्रेसले बास्कोटालाई बर्खास्त गरी छानबिन प्रकृया अगाडी नबढाउँसम्म सदन चल्न नदिने भन्दै अवरोध गरेको हो । लगत्तै कांग्रेसका सांसदहरले उठेर विरोध जनाएका थिए ।
