
कोरोना प्रभाव : भारतमा सिटामोलको मुल्य ४० प्रतिशत बढ्यो
विश्वव्यापी रुपमा फैलिइरहेको कोरोनाभाइरस (कोभिड १९) को संक्रमणको प्रभाव छिमेकी भारतमा पनि परेको छ । ब्लूमबर्गको रिपोर्ट अनुसार चीनबाट सप्लाइ बन्द हुँदा भारतमा पारासिटामोल नामक औषधिको मूल्य ४० प्रतिशत बढेको छ ।
यसैगरी ‘ब्याक्टेरिया इन्फेक्सन’को उपचारमा प्रयोग गरिने ‘एन्टिबायोटिक एजिथ्रोमाइसिन’ को मूल्य ७० प्रतिशतसम्म बढेको जनाइएको छ । अर्को महीनाको पहिलो हप्तासम्म पनि चीनबाट आपूर्ति नभए पूरै औषधि उद्योगमा ‘इन्ग्रिडियन्ट्स’ को कमी हुनसक्ने आकलन गरिएको छ ।
एक्टिभ फर्मास्यूटिकल इन्ग्रिडियन्ट्स (एपीआई) को आयातमा भारत चीनमाथि निर्भर छ । कुनै पनि औषधि बनाउनका लागि एपीआई महत्वपूर्ण कम्पोनेन्ट मानिन्छ ।
भारतमा भन्दा चीनमा लागत कम भएकाले यी औषधिजन्य बस्तु भारतले चीनबाट आयात गर्छ । भारतले ८० प्रतिशतसम्म फर्मा इन्ग्रिडियन्ट्सका कयौं उत्पादन चीनबाट आयात गर्छ ।–एजेन्सी
