यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
टेलिकमले ल्यायाे अनलिमिटेड डाटा प्याकसहितकाे सुन्दर अफर. मूलखबर संवाददाता काठमाडौं नेपाल टेलिकमले अहिले एक घण्टा अनलिमिटेड प्याक, डे टाइम भ्वाइस प्याक, अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक र अनलिमिटेड नाइट डाटा प्याक उपलब्ध गराइरहेको छ । जुन निकै नै रुचाइएको टेलिकमले बताएको छ। पछिल्लो समयमा कम्पनीले उपलब्ध गराइरहेका यस्ता प्याकहरु निकै नै लोकप्रिय रहेका छन् ।. सस्तो मूल्यमा असीमित अर्थात कम्पनीकै नेटवर्कमा जति पनि कल गर्न र डाटा चलाउन पाइने भए पछि सेवाग्राहीहरु समेत निकै नै लाभान्वित भएको पाइएको छ । हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेको सेवा ग्राहकले आफ्नो आवश्यकता अनुसार आफूलाई उपयुक्त प्याक खरिद गर्न सक्छन् ।. टेलिकमको अनलिमिटेड डाटा र भ्वाइस प्याक यस्ता छन्ः. एक घण्टा अनलिमिटेड प्याक. यो प्याक २० रुपैयाँमा लिन सकिन्छ । प्याक एक्टिभ भए पश्चात १ घण्टासम्म निरन्तर भ्वाइस, एसएमएस र डाटा असीमित रुपमा प्रयोग गर्न सकिन्छ । एक घण्टा सम्म जति पनि भ्वाइस कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिने भएकोले यो प्याक निकै नै रुचाइएको छ ।. डे टाइम भ्वाइस प्याक. डे टाइम भ्वाइस प्याक अन्तर्गत १५ रुपैयाँमा बिहान ५ देखि बेलुकी ५ बजेसम्म जति पनि कल गर्न सकिने छ । सो प्याक खरिद गरेको २४ घण्टाभित्र उपयोग गर्न सकिने छ । उदाहरणका लागि विहान १० बजे खरिद गरेको प्याक बेलुकी ५ बजे सम्म र भोलि विहान फेरि १० बजे सम्म प्रयोग गर्न सकिन्छ । आफ्नो आवश्यकता अनुसार आफन्त वा प्रियजनसँग कुराकानी गर्नका लागि यो प्याक निकै नै उपयोगी बनेको छ ।. अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक. अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक अन्तर्गत १२ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म कल गर्न सकिन्छ । रातको समयमा जति पनि कल गर्न सकिने भएकाले यो निकै नै उपयोगी बनेको छ ।. अनलिमिटेड नाइट डाटा प्याक. अनलिमिटेड नाइट डाटा प्याक अन्तर्गत एक रातका लागि १८ रुपैयाँमा अनलिमिटेड डाटा राती ११ बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ । त्यसैगरी ९० रुपैयाँमा ७ दिनसम्म राती ११ बजेदेखि बिहान ६ बजेसम्म अनलिमिटेड चलाउन सकिने प्याक पनि उपलब्ध छ । रातको समयमा डाटा चलाउनु पर्ने व्यवसायीहरुका लागि समेत यो प्याक निकै नै उपयोगी बनेको छ ।. प्याक खरिद गर्ने तरिका. विभिन्न प्रकारका प्याक प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गरेर आवश्यकता अनुसारको प्याक खरिद गर्न सकिन्छ । विभिन्न नम्बर डायल गरेर वा एसएमएस पठाएर पनि प्याक खरिद गर्न सकिन्छ । एक घण्टा अनलिमिटेड प्याक खरिद गर्नका लागि सिधै *1415*8 # डायल गरेर आफूले प्रयोग गर्न चाहेको भ्वाइस, एसएमएस वा डाटाका लागि क्रमशः १, २ र ३ अंक डायल गर्नु पर्छ । त्यसैगरी सिधै fdpack टाइप गरी १४१५ मा एसएमएस पठाउन पनि सकिन्छ ।. त्यसैगरी डे टाइम भ्वाइस प्याक खरिद गर्नका लागि सिधै *1415*9*2 # डायल गर्न सकिन्छ । सिधै dvunl टाइप गरी १४१५ मा एसएमएस पठाउन पनि सकिन्छ । अनलिमिटेड नाइट टाइम भ्वाइस प्याकका लागि सिधै *1415*1*5*4 # डायल गर्न सकिन्छ । सिधै nvunl टाइप गरी १४१५ मा एसएमएस पठाउन पनि सकिन्छ ।. अनलिमिटेड नाइट डाटा प्याकका लागि सिधै *1415*3 # डायल गरेर १ दिनका लागि प्याक लिने भए १ र ७ दिनका लागि प्याक लिने भए २ अंक डायल गर्नु पर्छ । त्यसैगरी एक दिनको प्याकका लागि nunl र ७ दिनका लागि भए unl7 टाइप गरी १४१५ मा एसएमएस पठाउन सकिन्छ । यी वाहेक कम्पनीको एप ‘नेपाल टेलिकम’ र कम्पनीको वेबसाइट बाट पनि अनलिमिटेड डाटा वा भ्वाइस प्याक सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।. बाँकी प्याक थाहा पाउने तरिका. मोबाइलमा लिएको भ्वाइस प्याक वा अन्य कुनै पनि प्याक कति बाँकी छ भनी थाहा पाउनका लागि *1415*55# डायल गर्न सकिन्छ । त्यसैगरी vl लेखेर १४१५ मा एसएमएस गर्न पनि सकिन्छ । त्यसपछि कति भ्वाइस प्याक वा अन्य प्याक बाँकी छ भन्ने जानकारी सहितको एसएमएस आउँछ । साथै नेपाल टेलिकम एपमार्फत पनि बाँकी प्याक थाहा पाउन सकिन्छ ।.
टेलिकमले ल्यायाे अनलिमिटेड डाटा प्याकसहितकाे सुन्दर अफर
मूलखबर संवाददाता
काठमाडौं
नेपाल टेलिकमले अहिले एक घण्टा अनलिमिटेड प्याक, डे टाइम भ्वाइस प्याक, अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक र अनलिमिटेड नाइट डाटा प्याक उपलब्ध गराइरहेको छ । जुन निकै नै रुचाइएको टेलिकमले बताएको छ। पछिल्लो समयमा कम्पनीले उपलब्ध गराइरहेका यस्ता प्याकहरु निकै नै लोकप्रिय रहेका छन् ।
सस्तो मूल्यमा असीमित अर्थात कम्पनीकै नेटवर्कमा जति पनि कल गर्न र डाटा चलाउन पाइने भए पछि सेवाग्राहीहरु समेत निकै नै लाभान्वित भएको पाइएको छ । हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेको सेवा ग्राहकले आफ्नो आवश्यकता अनुसार आफूलाई उपयुक्त प्याक खरिद गर्न सक्छन् ।
टेलिकमको अनलिमिटेड डाटा र भ्वाइस प्याक यस्ता छन्ः
एक घण्टा अनलिमिटेड प्याक
यो प्याक २० रुपैयाँमा लिन सकिन्छ । प्याक एक्टिभ भए पश्चात १ घण्टासम्म निरन्तर भ्वाइस, एसएमएस र डाटा असीमित रुपमा प्रयोग गर्न सकिन्छ । एक घण्टा सम्म जति पनि भ्वाइस कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिने भएकोले यो प्याक निकै नै रुचाइएको छ ।
डे टाइम भ्वाइस प्याक
डे टाइम भ्वाइस प्याक अन्तर्गत १५ रुपैयाँमा बिहान ५ देखि बेलुकी ५ बजेसम्म जति पनि कल गर्न सकिने छ । सो प्याक खरिद गरेको २४ घण्टाभित्र उपयोग गर्न सकिने छ । उदाहरणका लागि विहान १० बजे खरिद गरेको प्याक बेलुकी ५ बजे सम्म र भोलि विहान फेरि १० बजे सम्म प्रयोग गर्न सकिन्छ । आफ्नो आवश्यकता अनुसार आफन्त वा प्रियजनसँग कुराकानी गर्नका लागि यो प्याक निकै नै उपयोगी बनेको छ ।
अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक
अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक अन्तर्गत १२ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म कल गर्न सकिन्छ । रातको समयमा जति पनि कल गर्न सकिने भएकाले यो निकै नै उपयोगी बनेको छ ।
अनलिमिटेड नाइट डाटा प्याक
अनलिमिटेड नाइट डाटा प्याक अन्तर्गत एक रातका लागि १८ रुपैयाँमा अनलिमिटेड डाटा राती ११ बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ । त्यसैगरी ९० रुपैयाँमा ७ दिनसम्म राती ११ बजेदेखि बिहान ६ बजेसम्म अनलिमिटेड चलाउन सकिने प्याक पनि उपलब्ध छ । रातको समयमा डाटा चलाउनु पर्ने व्यवसायीहरुका लागि समेत यो प्याक निकै नै उपयोगी बनेको छ ।
प्याक खरिद गर्ने तरिका
विभिन्न प्रकारका प्याक प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गरेर आवश्यकता अनुसारको प्याक खरिद गर्न सकिन्छ । विभिन्न नम्बर डायल गरेर वा एसएमएस पठाएर पनि प्याक खरिद गर्न सकिन्छ । एक घण्टा अनलिमिटेड प्याक खरिद गर्नका लागि सिधै *1415*8 # डायल गरेर आफूले प्रयोग गर्न चाहेको भ्वाइस, एसएमएस वा डाटाका लागि क्रमशः १, २ र ३ अंक डायल गर्नु पर्छ । त्यसैगरी सिधै FDPACK टाइप गरी १४१५ मा एसएमएस पठाउन पनि सकिन्छ ।
त्यसैगरी डे टाइम भ्वाइस प्याक खरिद गर्नका लागि सिधै *1415*9*2 # डायल गर्न सकिन्छ । सिधै DVUNL टाइप गरी १४१५ मा एसएमएस पठाउन पनि सकिन्छ । अनलिमिटेड नाइट टाइम भ्वाइस प्याकका लागि सिधै *1415*1*5*4 # डायल गर्न सकिन्छ । सिधै NVUNL टाइप गरी १४१५ मा एसएमएस पठाउन पनि सकिन्छ ।
अनलिमिटेड नाइट डाटा प्याकका लागि सिधै *1415*3 # डायल गरेर १ दिनका लागि प्याक लिने भए १ र ७ दिनका लागि प्याक लिने भए २ अंक डायल गर्नु पर्छ । त्यसैगरी एक दिनको प्याकका लागि NUNL र ७ दिनका लागि भए UNL7 टाइप गरी १४१५ मा एसएमएस पठाउन सकिन्छ । यी वाहेक कम्पनीको एप ‘नेपाल टेलिकम’ र कम्पनीको वेबसाइट www.ntc.net.np बाट पनि अनलिमिटेड डाटा वा भ्वाइस प्याक सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।
बाँकी प्याक थाहा पाउने तरिका
मोबाइलमा लिएको भ्वाइस प्याक वा अन्य कुनै पनि प्याक कति बाँकी छ भनी थाहा पाउनका लागि *1415*55# डायल गर्न सकिन्छ । त्यसैगरी VL लेखेर १४१५ मा एसएमएस गर्न पनि सकिन्छ । त्यसपछि कति भ्वाइस प्याक वा अन्य प्याक बाँकी छ भन्ने जानकारी सहितको एसएमएस आउँछ । साथै नेपाल टेलिकम एपमार्फत पनि बाँकी प्याक थाहा पाउन सकिन्छ ।