लमजुङ समाज युएईकाे पाँचौ अधिवेशन सम्पन्न, बाबुराम सापकोटाकाे अध्यक्षतामा बन्याे नयाँ समिति

मूलखबर संवाददाता
काठमाडौं

लमजुँङ समाज युएईको पाचौ अधिबेसन सम्पन्न भएको छ ।  बरदुबईको एभरेस्ट होटलमा शुक्रबार सम्पन्न अधिवेशनले बाबुराम सापकाेटाकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे छ ।

कार्यक्रममा  प्रमुख अतिथि श्री भिम गुरुंङ रहनुभएकाे थियाे ।   त्यसैगरि अतिथिहरूमा समरक्ष श्री मुक्ति गुरुंङ, श्री अर्जुन गौली, सल्लाहकार श्री राजु घले, श्री बिशनुलाल श्रेस्ठ, बिसेश अथिति नेपाली समाजका युएईका अध्यक्ष श्री गोबिन्द ढकाल, समाजसेवी श्री चन्द्र प्रसाद सपकोटा, श्री कृष्ण आचार्य, श्री मणि भूर्तेल, पत्रकार महासंग युएईका अध्यक्ष श्री लक्ष्मण खनाल, ब्यबसायी श्री एकेन्द्र थापा, श्री बेनी ढकाल, मगर समाज युएईलगायत रहनुभएकाे थियाे ।

बाबुराम सापकोटा अध्यक्ष रहेकाे समितिमा उपाध्यक्ष आइत गुरुङ, श्याम बाबु न्याैैैपाने , महासचिव बिष्णुमणी भण्डारी, सचिव योगेश गुरुङ, कोषाध्यक्ष अनीता गौली, सहकोषाध्यक्ष सुबाश भण्डारी, प्रवक्ता खड़का गुरुङ चयन हुनुभएको छ ।

त्यसैगरी  केन्द्रीय सदस्यहरूमा  नरेस रिमाल, सागर पराजुली, कृष्णा अधिकारी,  सृजना गुरुङ, कृृृृष्ण थापा, रेक्स गुरुङ, सबिन पाण्डे,  अमृत परियार लगायत चयन हुनुभएकाे छ ।