सभामुख सापकोटालाई सिन्धुपाल्चोकमा उच्च नागरिक अभिनन्दन
सिन्धुपाल्चोक जिल्लाबाट पहिलो पटक संवैधानिक निकायमा प्रतिनिधित्व भएको खुसीयालीमा सभामुख अग्निप्रसाद सपाकोटालाई जिल्लबासीको तर्फबाट भव्य नागरिक अभिन्नदन गरिएको छ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको अगुवाईमा जिल्लाका स्थानीय सरकार र नागरिक समाजको तर्फबाट अभिन्नदन गरिएको हो ।
सभामुख सापकोटालाई जिल्ला समन्वय समिति, चौतारा साँगाचोकगढी नगरपालिका, इन्द्रावती, हेलम्बु, बलेफी र लिसंखुपाखर गाउँपालिकाको तर्फबाट सम्मान गरिएको थियो । त्यस्तै नागरिक समाजका अगुवा संस्थाहरु नेपाल पत्रकार महासंघ, गैर सरकारी संस्था महासंघ, जिल्ला बार, नेपाल निजामती कर्मचारी संगठन, सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ, निर्माण व्यावसायी संघ, शिक्षक संघ संगठनका दर्जन बढी संघ संस्थाहरुको तर्फबाट अभिन्नदन गरिएको थियो । नेकपा सिन्धुपाल्चोकको तर्फबाट पनि सभामुख सापकोटालाई सम्मान गरिएको थियो ।
पहिलो पटक जिल्लाबाट उच्च पदमा पुग्ने अवसर प्राप्त भएकोमा आफुहरुले समग्र जिल्लाबासीको तर्फबाट नागरिक अभिन्नदन गरिएको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए ।
कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सासंद शेरबहादुर तामाङले भष्ट्रचारीहरुको विरोध गर्दा आफ्नो मन्त्री पद गुमेको बताउँदै यस्ता बाधा अवरोधहरु सभामुखलाई पनि आउन सक्ने भन्दै त्यसमा सचेत भएर अघि बढ्न सभामुख सापकोटालाई आग्रह गरेका थिए ।
त्यस्तै पुर्व सासंद, राजनीतिक दलका नेताहरुले पनि पदको गरिमालाई आँच नआउने गरी काम गरेर जिल्ला र देशको शिर उचो हुने गरेर अघि बढ्न आग्रह गरेका थिए । नागरिक अभिन्नदन पछि बौल्दै सभामुख सापकोटाले सभामुख बनाउन सबैभन्दा बढी योगदान जिल्लाबासीकै भएको बताए । ‘तपाईंहरुले मत दिएर मलाई नजिताउनु भएको थियो भने आज यो पदमा पुग्ने सम्भावना थिएनन्, त्यसैले तपाईंहरु नै यसको प्रमुख हकदार हो’ सभामुख सापकोटाले भने ।