जापानी राजदूत र सभामुख अग्निप्रसाद सापकोटा बिच भेट

मूलखबर संवाददाता
काठमाडौं

 

नेपालका लागि जापानी राजदूत मासामिची साइगोले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गर्नुभएको छ ।
मंगलबार बिहान सभामुखको कार्यकक्षमै पुगेर राजदूत साइगोले उहाँसँग भेटवार्ता गर्नुभएको हो । भेटमा राजदूत साइगोले नेपालको आर्थिक, सामाजिक, सुशासन र प्रविधिको क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । विशेष गरी नेपालमा प्रविधि र तालिमका लागि जापानले सहयोग गर्ने उहाँले बताउनुभयो ।

सभामुख सापकोटासँग यसअघि चीन र भारतका राजदूतहरुले शिष्टाचार भेटघाट गरिसकेका छन् । सापकोटा माघ १२ गते सभामुखमा निर्वाचित हुनुभएको थियो । सभामुख सापकोटाले नेपाल र जापानको सम्बन्ध निकै पुरानो भएको स्मरण गुर्नहुँदै दुईदेशबीचको सम्बन्ध र सहकार्य अझ बयियो बनाउनुपर्ने बताउनुभयो ।