
विश्वकप क्रिकेट लिग दुई : अमेरिकी र अाेमानी टाेली नेपालमा
आइसीसी विश्वकप क्रिकेट लिग दुई खेल्न अमेरिकी र ओमानको टोली नेपाल आइपुगेको छ ।
अफिसियल सहित अमेरिकी टोली आइतबार साँझ काठमाडौं ओर्लेको हो । आइसीसीको सहयोगमा हुने प्रतियोगिताका लागि अमेरिकी टोली नेपाल आएको हो । अमेरिकी टिमले सोमबार कीर्तिपुरमा रहेको नेपाली क्रिकेट मैदानमा प्रशिक्षण गरेको थियो ।
यसैगरी ओमानको टोली पनि सोमबार नेपाल आइपुगेको छ । टोलीले मंगलबार ओमानको टोलीले पनि कीर्तिपुर मैदानमै प्रशिक्षण गर्नेछ । अमेरिकी टिमले भने नेपाली टिमसँग सोही दिन मुलपानी क्रिकेट मैदानमा नेपालसँग अभ्यास गर्ने छ । प्रतियोगिता बुधबारबाट सुरु हुने छ ।
