नेकपाकाे केन्द्रीय समिति बैठकले गर्याे यस्ता महत्त्वपूर्ण निर्णय

मूलखबर संवाददाता
काठमाडौं, १९ माघ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विगत ५ दिनदेखि चलेको केन्द्रिय समितिको दोश्रो पुर्ण वैठक सम्पन्न भएको छ ।

बैठकले पार्टीको अागामी महाधिवेशनकाे मिति ताेक्नेदेखि शुद्धीकरण गर्ने र बहुचर्चित एमसिसि विधेयक अध्ययन कार्यदल बनाउने लगायतका महत्त्वपूर्ण निर्णय गरेकाे छ ।

राष्ट्रिय सभा गृहमा सम्पन्न बैठकमा  अध्यक्ष कमरेडहरूद्दारा प्रस्तुत गरिएको राजनैतिक प्रतिवेदन र महासचिवद्दारा प्रस्तुत सँगठनात्मक प्रतिवेदन एवँ विधान संशोधन प्रस्ताव व्यापक जनवादको अभ्यास पश्चात अावश्यक परिमार्जन सहित सर्वसम्वत पारित भएकाे छ ।

त्यसैगरी
– ०७७ चैत्र २५-३० मा एकताको महाधिवेशन गर्ने निर्णय गरेेको छ । तिन महिने “पार्टी एकता सुदृढिकरण तथा समृद्दिकालागि राष्ट्रिय अभियान” सँचालन गर्ने, वामदेव गौतमलाई उपाध्यक्षमा मनाेनित गरेकाे छ ।
-एमसिसिवारे झलनाथ खनाल,भिम रावल र प्रदिप ज्ञवालि रहेको तिन सदस्य अध्ययन कार्यदल बनाएर निष्कर्षमा पुग्ने निर्णय भएको छ ।
– एकताका वाँकि रहेका काम अागामि १५ दिनभित्र सम्पन्न गरिसक्ने निर्णय भएको छ ।
-तिनै तहका सरकारका कामलाई प्रभावकारि वनाउने निर्णय  ।

नेकपा बैठकले  विभिन्न विषयका ११ बुँदै प्रस्ताव पारित गरेको छ ।
बैठकले उपाध्यक्ष पद सिर्जना गरी सो पदमा वामदेव गौतमलाई सर्वसम्मत चयन गरेको छ भने मिलेनियम च्यालेञ्ज कोअपरेशन (एमसीसी)बारे दशदिनभित्र प्रतिवेदन बुझाउन पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा तीनसदस्यीय कार्यदल बनेको केन्द्रीय सदस्यले मुलखबरलाई जानकारी गराउनुभयो ।
त्यसैगरी, भारतले एकतर्फी रुपमा सार्वजनिक गरेको भारतीय राजनीतिक नक्सालाई अस्विकार गर्दै नेपालको आधिकारिक राजनीतिक नक्सा सार्वजनिक गर्ने विषयमा पनि निर्णय भएको छ ।
विभिन्न विषयका ११ बुँदै प्रस्तावलाई महासचिव विष्णु पौडेलले पढेर सुनाउनुभएको थियो । हालै नेपालका लिम्पियाधुरा, लिपुरलेक र कालापानी क्षेत्रलाई समेटेर भारतले प्रकाशित गरेको राजनीतिक नक्सालाई अमान्य ठहर गर्दै ऐतिहासिक नक्सा, प्रमाण र दस्तावेजहरुका आधारमा ती भूभागहरु एवं सुस्ता क्षेत्रको विषयमा कुटनीतिक र राजनीतिक माध्यमबाट समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।
त्यसैगरी, नोभल कोरना भाइरसबाट संक्रमणबाट नेपाली जनतालाई सुरक्षित गर्न सीमानाकाहरुमा उच्च सतर्कता अपनाउँदै चीनको वुहान शहरमा रहेका नेपाली विद्यार्थीलगायत नेपाली नागरिकलाई आपत्कालीन उद्दार गर्न सरकारसँग आग्रह गरिएको छ ।
इरान र इराकलगायत पश्चिम एसियामा उत्पन्न तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै समस्याको वार्ताद्वारा शान्तिपूर्ण समाधान गर्न सम्वद्ध पक्षसँग आह्वान गरिएको छ ।
त्यसैगरी, राष्ट्रियसभामा निर्वाचित सांसदहरु, प्रतिनिधिसभाका सभामुख, तेहौं साग खेलकुद आयोजनाका निम्ति नेपाल सरकार र सम्वद्ध निकाय र दोश्रो स्थान दिलाउने नेपाली खेलाडीलाई हार्दिक वधाइ ज्ञापन पनि नेकपाको बैठकले गरेको छ ।
बल्खु मदननगरमा रहेको पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्ने तयारी पनि उक्त पार्टीले गरेको बताइएको छ ।