कोरोना अपडेट : चीनको वुहानबाट नेपालीलाई फिर्ता ल्याइँदै, फर्म भर्न दुतावासको आग्रह
चीनको वुहानमा रहेका नेपालीलाई स्वेदेश फकाइने भएको छ । बेइजिङस्थित नेपाली दूताबासले आज आफ्नो वेभ साइटमा एक सूचना प्रकाशित गरी सरकारले चीनमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको र त्यसका लागि विशेष चार्टर उडानको गर्ने तयारी गरेको जनाएको छ ।
साथै सूचनामा सो क्षेत्रमा रहेका र नेपाल फर्कन चहाने सब नेपालीलाई वेभसाइटमा राखिएको फारम भरेर इमेल मार्फत दूताबासमा पठाउन आग्रह गरेको छ । साथै सूचनामा चार्डर उडानबाट नेपाल फर्कन चहानेले मात्र सो फारम भर्न आग्रह गरिएको छ ।
सूचनामा नेपाल फर्कन चहानेले फारम भरेका आधारमा निश्चित चार्टर उडानको व्यबस्था गरिने र सो फारमा फेब्रेअरी २ तारिक स्थानीय समय विहानको ९।०० बजेसम्म फार भरीसक्न आग्रह गरिएको छ । ढिलो प्राप्त फारमलाई कुनै रेस्पन्स नगरिने जनाइएको छ ।