एमसिसि बहसपछि पुर्व सभामुख महरालाई भेट्नेकाेे लर्काे, महरा निर्दाेष छन् : सर्वसाधारण

मूलखबर संवाददाता
काठमाडौं

अमेरिकी सहयाेग कार्यक्रम एमसिसिबारे सर्बत्र बहस चलिरहँदा एमसिसि संसदबाट पारित गराउन नचाहेकाे अाराेप लागेका पुर्व सभामुख कृष्णबहादुर महरा यतिवेला अर्कै अभियाेगमा कारागारमा छन् ।

यस्तो छ कारागारमा महराको दैनिकी’ शीर्षक दिएर नागरिकले पूर्वसभामुख कृष्णबहादुर महराको कारागार दैनिकी उतारेको छ । नागरिकका अनुसार गत कात्तिक २५ गतेदेखि डिल्लीबजार कारागारमा रहेका उनलाई भेट्न जानेहरूको लर्को नै लाग्ने गरेको छ । अहिलेसम्म उनलाई भेट्न १० हजार बढी आफन्त र कार्यकर्ता पुगेको कारागारको भनाइ छ । तर उनलाई सामान्य कार्यकर्ता र आफन्तबाहेक भीआईपी भने जाँदैनन् ।

‘अरू कैदीलाई भेट्न फाट्टफुट्ट रूपमा भए पनि शीर्ष नेता नेताहरू आइरहेका,’ कारागारका एक कर्मचारीले नागरिकसँग भनेका छन्, ‘तर महराज्यूलाई भेट्न शीर्ष नेताहरू कोही नआएको देख्दा अनौठो लागेको छ ।’

त्यसो त महरा आफैं पनि सञ्चारकर्मी र कर्मचारीसँग भेट्न अनिच्छुक छन् । कारागार चलान भएलगत्तैदेखि उनले कर्मचारीसँग पत्रकार आए भेट्न नदिनू भनेको नागरिक समाचारमा उल्लेख छ ।

सन्चोबिसन्चो सोध्ने कर्मचारीलाई उनले ठीक छ भनेर टाउको हल्लाउने गरेका छन् । समाचार अनुसार महराको दायाँ बाया २५/३० जना कैदी छन् । तर उनी ती कैदीहरूसँग पनि खासै बोल्दैनन् ।

उनलाई भेटेर फर्किएका सर्वसाधारण र पार्टीका कार्यकरताहरूले महरा सहि रहेकाे, निर्दाेष रहेकाे र उनलाई फँसाइएकाे पुष्टि भएकाे प्रतिकृया दिने गरेका छन् ।