
सभामुख अग्नि सापकाेटाविरूद्वकाे रिट सर्वाेच्चद्वारा खारेज
सभामुख अग्नि प्रसाद सापकोटाविरुद्ध परेको रिट सर्वाेच्च अदालतले खारेज गरिदिएकाे छ । रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
सापकोटाविरुद्ध परेको रिट मंगलबार सर्वोच्चले खारेज गरेको हाे । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख नबनाउन माग गर्दै सर्वोच्चमा गएको शुक्रबार रिट दायर गरेका थिए ।
