कोरोनाको कहर : अहिलेसम्म १०० वढिको गयो ज्यान, चिनमा ६५ प्रतिशत वृद्धि

मूलखबर संवाददाता
काठमाडौं, १४ माघ ।

कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या १०० नाघेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार मंगलबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट १०६ जना मृत्यु भएको छ ।

त्यस्तै मंगलबार बिहानसम्म चीनमा मात्रै चार हजार ५ सय १५ जनामा कोरोना भाइरसको पुष्टि भएको छ। चीनमा कोरोना भाइरसको संक्रमणमा एकैदिन ६५ प्रतिशतले वृद्धि भएको छ। सोमबार बिहानसम्म दुई हजार ७ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो।

यसैबीच चीनको राष्ट्रिय स्वास्थ्य आयोगले मंगलबार बिहान कोरोना भाइरसको संक्रमण एकअर्कामा सर्ने बताएको छ। एक विज्ञप्ति जारी गर्दै आयोगले हाछ्युँ गर्दा वा खोक्दा निस्कने थुक र र्‍यालको छिटाबाट कोरोना भाइरसको संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने जानकारी दिएको हो।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा पनि फैलिएको छ। चीन बाहेकका विभिन्न देशमा ६० भन्दा बढी व्यक्तिमा यसको संक्रमण देखिएको छ। चीनबाहिर भने अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट कसैको मृत्यु भएको छैन।

कहाँ कति संक्रमित ?

चीन – १०६ मृत्यु, ४५१५ संक्रमित

थाइल्यान्ड – ८ जना संक्रमित

हङकङ – ८ जना संक्रमित

मकाओ – ५ जना संक्रमित

अस्ट्रेलिया, अमेरिका, ताइवान, सिंगापुर – ५र५ जना संक्रमित

जापान, मलेसिया, दक्षिण कोरिया – ४र४ जना संक्रमित

फ्रान्स – ३ जना संक्रमित

भियतनाम – २ जना संक्रमित

नेपाल, क्यानडा, कम्बोडिया, श्रीलंका, जर्मनी – १/१ जना संक्रमित