यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
पौडेल समुहको माग सम्बोधनपछि माउ पार्टीमा विवाद हट्यो, नेविसंघमा झडप. मूलखबर संवाददाता काठमाडौं नेपाली कांग्रेस संस्थापन पक्षले असन्तुष्ट बनेको पौडेल समुहको मागलाई सम्बोधन गरेको छ ।. सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा भएको सहमतिले असन्तुष्ट पक्षहरुको माग सम्बोधन भएको प्रवक्ता विश्वप्रकास शर्माले बताउनुभयो । सोमबारको बैठकले केन्द्रीय महाधिवेश गर्ने मितिमा भने कुनै परिवर्तन गरेको छैन् । गत पुष ११ गतेको केन्द्रीय समितिले गरेको निर्णय अनुसार नै २०७७ फागुन ७ देखि १० गते सम्म महाधिवेसन हुने छ । ‘२०७७ सालको फागुनको ७ गते देखी प्रारम्भ हुने भनेर पुष ११ गतेको बैठकले गरेको निर्णय बमोजिम नै त्यही निर्णयमा केन्द्रीत रहेर महाधिवेसन तर्फ जाने निर्णय आजको बैठकले गरेको छ ’ प्रवक्ता शर्माले भन्नुभयो ।. उहाँले कांग्रेसको अन्तरिक संरचना समायोजन गर्ने अवधि माघ मसान्त तोकिएको बताउनुभयो । त्यस्तै २६ हजार वडामा भएको संरचनालाई ७ हजारमा ल्याउने निर्णय समेत भएको उहाँले बताउनुभयो ।. कांग्रेस बैठकले कृयाशिल सदस्यता नविकरणको नामावलिको अन्तीम सूचि तयार गर्ने छानविन समितिले केन्द्रीय समितिलाई बुझाउने मिति २०७७ साउन २५ गते तोकेको छ ।. बैठकले ७ सय ५३ वटै गाउँ नगरको ७ हजार भन्दा बढी वडाको अधिवेशन २०७७ कात्तिक १६ गते गर्ने, ७ सय ५३ वटा गाउँ र नगरको अधिवेशन कात्तिक १८ गते गर्ने निर्णय समेत गरेको छ । त्यस्तै ३३० प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २१ गते, प्रतिनिधि सभाको क्षेत्रिय अधिवेशन र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन २०७७ कात्तिक २३ गते हुने र कात्तिक २५ गते एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन भएका जिल्लाहरुको अधिवेशन गर्ने निर्णय समेत बैठकले गरेको छ । त्यस्तै बैठकले सात वटै प्रदेशका प्रदेश अधिवेशन २०७७ मंसिर २९ गर्ने निर्णय समेत गरेको छ ।. बैठकले कांग्रेसको विधानको धारा ४ को ८ को ङ बमोजिम गठन हुने कृयाशिल सदस्यता केन्द्रीय छानविन समितिले गर्ने कार्यसम्पादन गर्नका लागि विधानको धारा २२ बमोजिम ७ सदस्य रहने छानविन समिति गठन गर्ने निर्णय समेत भएको छ ।. सभापतिले समितिका संयोजक र सदस्यहरुको मनोनयन आवश्यक परामर्श गरी गर्ने निर्णय समेत भएको छ । केन्द्रीय कार्यसमिति बैठक अगामी २३ गते बस्ने निर्णय समेत भएको छ ।.
पौडेल समुहको माग सम्बोधनपछि माउ पार्टीमा विवाद हट्यो, नेविसंघमा झडप
मूलखबर संवाददाता
काठमाडौं
नेपाली कांग्रेस संस्थापन पक्षले असन्तुष्ट बनेको पौडेल समुहको मागलाई सम्बोधन गरेको छ ।
सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा भएको सहमतिले असन्तुष्ट पक्षहरुको माग सम्बोधन भएको प्रवक्ता विश्वप्रकास शर्माले बताउनुभयो ।
सोमबारको बैठकले केन्द्रीय महाधिवेश गर्ने मितिमा भने कुनै परिवर्तन गरेको छैन् । गत पुष ११ गतेको केन्द्रीय समितिले गरेको निर्णय अनुसार नै २०७७ फागुन ७ देखि १० गते सम्म महाधिवेसन हुने छ । ‘२०७७ सालको फागुनको ७ गते देखी प्रारम्भ हुने भनेर पुष ११ गतेको बैठकले गरेको निर्णय बमोजिम नै त्यही निर्णयमा केन्द्रीत रहेर महाधिवेसन तर्फ जाने निर्णय आजको बैठकले गरेको छ ’ प्रवक्ता शर्माले भन्नुभयो ।
उहाँले कांग्रेसको अन्तरिक संरचना समायोजन गर्ने अवधि माघ मसान्त तोकिएको बताउनुभयो । त्यस्तै २६ हजार वडामा भएको संरचनालाई ७ हजारमा ल्याउने निर्णय समेत भएको उहाँले बताउनुभयो ।
कांग्रेस बैठकले कृयाशिल सदस्यता नविकरणको नामावलिको अन्तीम सूचि तयार गर्ने छानविन समितिले केन्द्रीय समितिलाई बुझाउने मिति २०७७ साउन २५ गते तोकेको छ ।
बैठकले ७ सय ५३ वटै गाउँ नगरको ७ हजार भन्दा बढी वडाको अधिवेशन २०७७ कात्तिक १६ गते गर्ने, ७ सय ५३ वटा गाउँ र नगरको अधिवेशन कात्तिक १८ गते गर्ने निर्णय समेत गरेको छ ।
त्यस्तै ३३० प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २१ गते, प्रतिनिधि सभाको क्षेत्रिय अधिवेशन र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन २०७७ कात्तिक २३ गते हुने र कात्तिक २५ गते एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन भएका जिल्लाहरुको अधिवेशन गर्ने निर्णय समेत बैठकले गरेको छ । त्यस्तै बैठकले सात वटै प्रदेशका प्रदेश अधिवेशन २०७७ मंसिर २९ गर्ने निर्णय समेत गरेको छ ।
बैठकले कांग्रेसको विधानको धारा ४ को ८ को ङ बमोजिम गठन हुने कृयाशिल सदस्यता केन्द्रीय छानविन समितिले गर्ने कार्यसम्पादन गर्नका लागि विधानको धारा २२ बमोजिम ७ सदस्य रहने छानविन समिति गठन गर्ने निर्णय समेत भएको छ ।
सभापतिले समितिका संयोजक र सदस्यहरुको मनोनयन आवश्यक परामर्श गरी गर्ने निर्णय समेत भएको छ । केन्द्रीय कार्यसमिति बैठक अगामी २३ गते बस्ने निर्णय समेत भएको छ ।