यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
नेकपा सबै खालका विभेदको अन्त्य गरी अधिकार दिलाउन तयार छ : प्रचण्ड. नेकपा सबै खालका विभेदको अन्त्य गरी अधिकार दिलाउन तयार छ: प्रचण्ड. मूलखबर संवाददाता काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी सबै खालका विभेदको अनत्य गरी सबैलाई अधिकारसम्पन्न् गराउन तयार रहेको बताउनुभएको छ ।. पार्टीको भातृ संगठन आदिवासी जनजाती महासंघको एकीकरण तथा सपथग्रहण कार्यक्रममा प्रचण्डले जातिय मुक्तिका लागि संविधान संशोधन गरेर भएपनि अगाडी बढ्ने बताउनुभएको हो । उहाँले जातिय मुक्ति, समानता र समानुपातिकता हासिल गर्न संविधान संशोधन गरेर भएपनि अगाडी बढ्ने बताउनुभएको हो ।. उत्पीडित वर्ग, जाति तथा समुदायहरु अझै पनि पूर्ण रुपले मुक्त हुन नसकेको उल्लेख गर्दै उहाँले शान्तिपूर्ण रुपमा एकतावद्ध भएर संविधान संशोधनको माध्यमबाट यसलाई परिमार्जन गरिने बताउनुभयो । विकास र समृद्धिको यात्रालाई सामाजिक व्यवस्थासहित समाजवादतिर अगाडी बढाउँदै गएमात्रै सोचेजस्तो समानता प्राप्त हुने उहाँको धारणा थियो ।. उहाँले साम्राज्यवाद र सामन्तवादका विरुद्धको लडाई जितेको भएपनि अझै समानताको पुरै लडाई जित्न बाँकी रहेको र यसका लागि मिहेनत गरी एकतावद्ध भएर अगाडी बढ्नुपर्ने बताउनुभयो । नेकपा सबै खालका विभेलको अन्त्य गरी सबैको हक अधिकारका सुनिश्चित गर्न सदैव तयार रहेको उहाँको भनाई छ ।. पूँजीपतिहरु र साम्राज्यवादीहरुले साम्रदायिक विद्वेश फैलाउने र जातिजातिबीच लडाई गराउने नीति र कम्युनिष्टहरुले अघि सारेको जातिय हक अधिकारको कुरा, जातिय मुक्तिको कुरा फरक भएपनि बुर्जुवाहरुले यसलाई गोलमाल गर्ने गरेको उहाँले बताउनुभयो ।. अध्यक्ष दाहालले सबैलाई समान अधिकार प्राप्तीको सुनिश्चिता नभएसम्म देशमा भौगोलिक विविधता र विविधतायुक्त एकता कार्यम गर्न नसकिने बताउनुभयो ।. कार्यक्रममा नेकपा नेता शुरेस आलेमगरको नेतृत्वमा २ सय ६१ सदस्यीय केन्द्रीय समितिको घोषणा गरिएको थियो ।.
नेकपा सबै खालका विभेदको अन्त्य गरी अधिकार दिलाउन तयार छ : प्रचण्ड
मूलखबर संवाददाता
काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी सबै खालका विभेदको अनत्य गरी सबैलाई अधिकारसम्पन्न् गराउन तयार रहेको बताउनुभएको छ ।
पार्टीको भातृ संगठन आदिवासी जनजाती महासंघको एकीकरण तथा सपथग्रहण कार्यक्रममा प्रचण्डले जातिय मुक्तिका लागि संविधान संशोधन गरेर भएपनि अगाडी बढ्ने बताउनुभएको हो । उहाँले जातिय मुक्ति, समानता र समानुपातिकता हासिल गर्न संविधान संशोधन गरेर भएपनि अगाडी बढ्ने बताउनुभएको हो ।
उत्पीडित वर्ग, जाति तथा समुदायहरु अझै पनि पूर्ण रुपले मुक्त हुन नसकेको उल्लेख गर्दै उहाँले शान्तिपूर्ण रुपमा एकतावद्ध भएर संविधान संशोधनको माध्यमबाट यसलाई परिमार्जन गरिने बताउनुभयो । विकास र समृद्धिको यात्रालाई सामाजिक व्यवस्थासहित समाजवादतिर अगाडी बढाउँदै गएमात्रै सोचेजस्तो समानता प्राप्त हुने उहाँको धारणा थियो ।
उहाँले साम्राज्यवाद र सामन्तवादका विरुद्धको लडाई जितेको भएपनि अझै समानताको पुरै लडाई जित्न बाँकी रहेको र यसका लागि मिहेनत गरी एकतावद्ध भएर अगाडी बढ्नुपर्ने बताउनुभयो । नेकपा सबै खालका विभेलको अन्त्य गरी सबैको हक अधिकारका सुनिश्चित गर्न सदैव तयार रहेको उहाँको भनाई छ ।
पूँजीपतिहरु र साम्राज्यवादीहरुले साम्रदायिक विद्वेश फैलाउने र जातिजातिबीच लडाई गराउने नीति र कम्युनिष्टहरुले अघि सारेको जातिय हक अधिकारको कुरा, जातिय मुक्तिको कुरा फरक भएपनि बुर्जुवाहरुले यसलाई गोलमाल गर्ने गरेको उहाँले बताउनुभयो ।
अध्यक्ष दाहालले सबैलाई समान अधिकार प्राप्तीको सुनिश्चिता नभएसम्म देशमा भौगोलिक विविधता र विविधतायुक्त एकता कार्यम गर्न नसकिने बताउनुभयो ।
कार्यक्रममा नेकपा नेता शुरेस आलेमगरको नेतृत्वमा २ सय ६१ सदस्यीय केन्द्रीय समितिको घोषणा गरिएको थियो ।