
५ हजार घुस खाएको अभियोगमा बन कार्यालय प्रमूख पक्राउ
सेवाग्राहीलाई काठ उपलव्ध गराउन भन्दै ५ हजार घुस रकम लिएका एक बन कायाृलय प्रमूख रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीको सैनामैना सब डिभिजन वन कार्यालय प्रमुखलाई घुससहित पक्राउ गरेको छ ।
सेवाग्राहीसँग काठ उपलब्ध गराउन सिफारिसका लागि ५ हजार घुस लिएको अवस्थामा कार्यालय प्रमुख पुष्पराज श्रेष्ठलाई रंगेहात पक्राउ गरिएको अख्तियार बुटवल कार्यलयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।
उनलाई बुटवल उपमहानगरपालिका(१२ नयाँगाउँ चोकबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
प्रमुख श्रेष्ठलाई बुटवल उपमहानगरपालिको नयाँ गाउँबाट नियन्त्रणमा लिइएको र घटनाको थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
