यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
उपसभामुख तुम्बाहाङ्फेद्वारा राजिनामा. मूलखबर संवाददाता काठमाडौं उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पदबाट राजिनामा गर्नुभएछ । सत्तारूढ दल नेकपाकाे सचिवालयले उपसभामुखबाट राजिनामा गराउनु पर्ने निर्णय गरेकाे थियाे ।. सोमबार प्रतिनिधिसभा बैठकमा उहाँले सम्बाेधन गर्दै राजिनामा गर्नुभएको हाे ।. साेमबारकााे पहिलो बैठकमा उप सभामुख डा.शिवमाया तुम्बाहाङफेले सञ्चालन गर्नुभएको थियो । उहाँले सो बैठकमा बोल्दै असहज परिस्थितिका कारण संसद अबरुद्ध भएको र यस्तो परिस्थिति कायम हुनु हुँदैन भनेर आफूले मार्ग प्रशस्त गर्ने निर्णय गरेको बताउनुभयो ।. बैठकलाई सम्बोधन गर्दै यस विषयमा आफूले पटक पटक शीर्ष नेतृत्वसँग भेटघाट गरेको उल्लेख गर्दै समावेशी लोकतन्त्र अभ्यास र आचारणबाट मात्र कार्यान्वयन गर्न सकिने बताउनुभयो । उहाँले झण्डै दुई वर्ष उप सभामुखको पदमा रहेर काम गर्ने क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिनुभयो । अर्को बैठक दिउँसो ४.०० बजे बस्ने घोषणा गर्नु भयो ।.
उपसभामुख तुम्बाहाङ्फेद्वारा राजिनामा
मूलखबर संवाददाता
काठमाडौं
उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पदबाट राजिनामा गर्नुभएछ । सत्तारूढ दल नेकपाकाे सचिवालयले उपसभामुखबाट राजिनामा गराउनु पर्ने निर्णय गरेकाे थियाे ।
सोमबार प्रतिनिधिसभा बैठकमा उहाँले सम्बाेधन गर्दै राजिनामा गर्नुभएको हाे ।
साेमबारकााे पहिलो बैठकमा उप सभामुख डा.शिवमाया तुम्बाहाङफेले सञ्चालन गर्नुभएको थियो । उहाँले सो बैठकमा बोल्दै असहज परिस्थितिका कारण संसद अबरुद्ध भएको र यस्तो परिस्थिति कायम हुनु हुँदैन भनेर आफूले मार्ग प्रशस्त गर्ने निर्णय गरेको बताउनुभयो ।
बैठकलाई सम्बोधन गर्दै यस विषयमा आफूले पटक पटक शीर्ष नेतृत्वसँग भेटघाट गरेको उल्लेख गर्दै समावेशी लोकतन्त्र अभ्यास र आचारणबाट मात्र कार्यान्वयन गर्न सकिने बताउनुभयो । उहाँले झण्डै दुई वर्ष उप सभामुखको पदमा रहेर काम गर्ने क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिनुभयो ।
अर्को बैठक दिउँसो ४.०० बजे बस्ने घोषणा गर्नु भयो ।