ओली प्रचण्ड वार्ता : प्रतिनिधिसभाको सभामुखमा पुर्वमाओवादीबाटै, अग्नी सापकोटा सभामुख बन्दै
प्रतिनिधिसभाको सभामुखमा पुर्व माओवादबाटै हुने सहमति भएको छ । सभामुखका लागि नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटा नाममा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सहमति नजिक पुगेको बताइएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतवार बालुवाटारमा भएको २ घण्टा लामो भेटवार्तामा सापकोटालाई सभामुख बनाउन सहमति नजिक पुगेका हुन्। सत्तारुढ नेकपाले प्रतिनिधि सभाको सभामुख चयन गर्न नसक्दा प्रतिनिधिसभाको बैठक पटक पटक स्थागित हुँदै आएको छ।
तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा गरेपश्चात सभामुख पद रिक्त थियो। सभामुखका उम्मेदवारबारे निर्णय लिन नेकपाको सचिवालय बैठक आइतवारै अपरान्ह ४ बजे डाकिएको छ।
प्रधानमन्त्री ओलीले सभामुखमा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई बनाउने पक्षमा थिए। उसभामुख डा। शिवमाया तुम्बाहाङफेले पनि सभामुखको दाबी गरिहेकी छन्। सभामुख चयन हुन नसक्दा पुस ४ गते बसेयता प्रतिनिधि सभाको बैठक तीन पटक स्थगित भइसकेको छ। तत्कालीन माओवादीको भागमा परेको सभामुख पद आफूहरुले पाउनुपर्ने अडान प्रचण्डले राखेका थिए।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नेता अग्नि सापकोटालाई सभामुख बनाउने लगभग सहमति जुटेको ओली निकट श्रोतले पनि बताएको छ ।
प्रधानमन्त्री ओलीले सुवास नेम्वाङलाई सभामुख बनाउन प्रस्ताव गरेका थिए भने प्रचण्डले पूर्वमाओवादीबाट हुनुपर्ने अडान लिएका थिए ।
पूर्वमाओवादीमा प्रचण्डको पहिलो रोजाइ अग्नि नै हुन् । यस्तै वर्तमान उपसभामुख शिवमाया तुम्बाहङ्फेले पनि सभामुखमा दाबी गर्दै आएकी छन् ।