यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
उपसभामुखले राजीनामा नगरेपछि सभामुख चयन अन्यौलमा : प्रतिनिधिसभा बैठक स्थगित. उपसभामुखले राजीनामा नगरेपछि सभामुख चयन अन्यौलमा: प्रतिनिधिसभा बैठक स्थगित. मूलखबर संवाददाता काठमाडौं, २७ पुस । आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचनाका प्रकाशन गर्दै माघ ६ गते सोमबार सम्मका लागि स्थगित भएको हो । प्रतिनिधिसभाले विशेष कारणवश बस्न नसक्ने व्यहोराको सूचना प्रकाशन गरेको छ ।. प्रकाशित सूचनामा भनिएको छ, ‘‘मिति २०७६ पुस २७ गते आइतबार दिनको १ बजे बस्ने गरी सूचना गरिएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले नेपालको संविधानको धारा ९१ को उपधारा ९४० बमोजिम प्रतिनिधिसभाको अध्यक्षता गर्नुहुने माननी उपसभामुखज्यूले प्रतिनिधसभा नियमावली, २०७५ को निमय ६ को उपनियम ९३० बमोजिम अर्को बैठक मिति २०७६ साल माघ ६ गते सोमबार दिनको १ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा मा। सदस्यहरुको जानकरीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’’. यसअघि पुस १६ गते बुधबारका लागि बोलाइएको बैठक पनि सूचना टाँस गरेर स्थगित गरिएको थियो । पुस ११ गतेको बैठकले सभामुख चयनको प्रकृया अगाडी बढाउने कार्यसूची तय गरेपनि बैठक स्थगित हुँदै आएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्र सभामुख चयनको विषय टुंगो नलाग्दा संसद बैठक बस्न सकिरहेको छैन् ।. सत्तारुढ दल नेकपाले सभामुखमा पार्टीले उम्मोवरी दिने निर्णय गर्दै उपसभामुख पदमा रहेकी शिवमाया तुम्बाहांफेलाई राजीनमा गराउने निर्णय गरेको थियो । उपसभामुखले पार्टीको निर्णय नमान्ने भन्दै राजीनामा दिन अस्वीकार गरेपछि सभामुख चयनको लागि आव्हान गरिएको संसद बैठक नै स्थगित गरिएको हो ।.
उपसभामुखले राजीनामा नगरेपछि सभामुख चयन अन्यौलमा : प्रतिनिधिसभा बैठक स्थगित
मूलखबर संवाददाता
काठमाडौं, २७ पुस ।
आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचनाका प्रकाशन गर्दै माघ ६ गते सोमबार सम्मका लागि स्थगित भएको हो । प्रतिनिधिसभाले विशेष कारणवश बस्न नसक्ने व्यहोराको सूचना प्रकाशन गरेको छ ।
प्रकाशित सूचनामा भनिएको छ, ‘‘मिति २०७६ पुस २७ गते आइतबार दिनको १ बजे बस्ने गरी सूचना गरिएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले नेपालको संविधानको धारा ९१ को उपधारा ९४० बमोजिम प्रतिनिधिसभाको अध्यक्षता गर्नुहुने माननी उपसभामुखज्यूले प्रतिनिधसभा नियमावली, २०७५ को निमय ६ को उपनियम ९३० बमोजिम अर्को बैठक मिति २०७६ साल माघ ६ गते सोमबार दिनको १ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा मा। सदस्यहरुको जानकरीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’’
यसअघि पुस १६ गते बुधबारका लागि बोलाइएको बैठक पनि सूचना टाँस गरेर स्थगित गरिएको थियो । पुस ११ गतेको बैठकले सभामुख चयनको प्रकृया अगाडी बढाउने कार्यसूची तय गरेपनि बैठक स्थगित हुँदै आएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्र सभामुख चयनको विषय टुंगो नलाग्दा संसद बैठक बस्न सकिरहेको छैन् ।
सत्तारुढ दल नेकपाले सभामुखमा पार्टीले उम्मोवरी दिने निर्णय गर्दै उपसभामुख पदमा रहेकी शिवमाया तुम्बाहांफेलाई राजीनमा गराउने निर्णय गरेको थियो । उपसभामुखले पार्टीको निर्णय नमान्ने भन्दै राजीनामा दिन अस्वीकार गरेपछि सभामुख चयनको लागि आव्हान गरिएको संसद बैठक नै स्थगित गरिएको हो ।