
महाकालीमा अझै तुईनकाे भर !
दार्चुलाको सीमावर्ती व्यासका बासिन्दाले अहिले पनि तुइनबाटै महाकाली वारपार गरिरहेका छन् । केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला दुई वर्षभित्र तुइन विस्थापन गर्ने घोषणा गरेका थिए । महाकालीमा भने अझै तुइनकै भर पर्नुपर्छ ।
व्यास गाउँपालिकाको स्याकु, नाजी, डोकट, मड्गाउँ, बत्तीघाट, माल, कल्जुमा अझै तुइन सञ्चालनमा छन्। मालिकाकार्जुन र लेकम गाउँपालिकाका विभिन्न ठाउँमा स्थानीय बासिन्दा ट्युबमार्फत महाकाली तर्छन्। स्थानीयस्तरमा सडकको पहुँच नपुग्दा यहाँका स्थानीय कम समय र सजिलोका लागि तुइन र ट्युबबाट महाकाली वारपार गरी भारतीय बाटो भएर जिल्ला सदरमुकाम आउजाउ गरिरहेका छन्। सीमावर्ती क्षेत्रका स्थानीयको बजार पनि भारतमै छ। – कान्तिपुर
