नेकपा केन्द्रीय समिति बैठक माघ १५ मा सर्यो

मूलखबर संवाददाता
काठमाडौं, २० पुस ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक तोकिएको मितिभन्दा तीन हप्ता पर धकेलिएको छ ।

आइतबार बिहान बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले यसअघि पुस २३ का लागि तय गरिएको केन्द्रीय समिति बैठक माघ १५ देखि गर्ने निर्णय गरेको हो ।

राष्ट्रियसभाको निर्वाचन तयारीमा जुट्नुपर्ने भएकाले केन्द्रीय समितिको बैठक केही दिन पछि सारिएको नेकपा केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभएको छ । स्थायी मिति बैठब एक वर्षपछि गर्न सफल नेकपाले केन्द्रीय समिति बैठक भने छिटै गर्न लागेको भन्दै उत्साह थपिएको बेला फेरी बैठक सरेपछि कार्यकर्तामा उत्साह सेलाउने देखिएको छ ।

यसबीचमा प्रतिनिधिसभाको सभामुख निर्वाचन समेत हुँदैछ । नेकपाको स्थायी कमिटी बैठकले पुस २३ मा केन्द्रीय कमिटी बैठक राख्ने निर्णय गरेको थियो । पार्टी एकतापछि नेकपा केन्द्रीय कमिटीको औपचारिक बैठक बसेको छैन ।