
फास्ट ट्रयाकको भौतिक प्रगति १५ दशमलव ८६ प्रतिशत मात्रै : बन्ला त समयमै ?
नेपाली सेनाले काठमाडौं निजगढ द्रुतमार्गको भौतिक प्रगति १५ दशमलव ८६ प्रतिशत सम्पन्न भएको जनाएको छ ।
राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समुन्वय समितिमा भएको छलफलमा सेनाले यो आर्थिक वर्षमा भौतिक प्रगति १५ दशमलव ८ प्रतिशत र वित्तिय प्रगति १ दशमलव २० प्रतिशत रहेको जनाएको हो । आयोजना उपप्रमुख विकास पोखरेलले रनिङ बिलहरु फिल्डमा पठाउन बाँकी रहेको र एक महिनाभित्रै सबै भुक्तानी हुने बताउनुभयो ।
द्रुतमार्ग अन्तर्गत खोकनामा ३ रोपनी ४ आना जग्गाको मुआब्जा वितरण भइसकेको छ भने बुङ्मतीमा बुङमतीमा ८ रोपनी ४ आना अधिग्रहण गरी मुआब्जा वितरण गरीएको छ । नयाँ जग्गाका लागि ३० दिनको सूचना जारी गरिएको सेनाले जनाएको छ ।
