नेकपाकाे विद्यार्थी संगठनकाे एकिकरण सम्पन्न : ३३५ सदस्यीय केन्द्रीय समिति चयन (नामावली )

मूलखबर संवाददाता
काठमाडौं

सत्तारूढ नेकपाकाे मुख्य भातृ संगठन अनेरास्ववियुकाे केन्द्रीय समिति चयन गरिएको छ । पुर्व एमाले र माअाेवनदी केन्द्र निकट रहेका दुई संगठनकाे एकता पछि बनेको पहिलाे केन्द्रीय समिति ३३५ सदस्यीय रहेकाे छ ।

अनेरास्ववियु र अनेरास्ववियु(क्रान्तिकारी)को एकता प्रक्रियाले पूर्णता पाएको हाे  । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकता भएको झण्डै दुईवर्ष पछि दुई पार्टीका विद्यार्थी संगठनको एकताले पूर्णता पाउन सकेको हाे  ।

शुक्रवार बसेको संगठनको फ्याक्सन कमिटीको बैठकले एकता प्रक्रियालाई पूर्णता दिएको हो । बैठकले दुवै संगठनको एकतालाई पूर्णता दिँदै ३३५ सदस्यीय केन्द्रिय कमिटी घोषणा गरेको हो । जसमा तत्कालीन अनेरास्ववियुको तर्फबाट १८० र अनेरास्ववियु (क्रान्तिकारी)को तर्फबाट १५५ केन्द्रिय सदस्य बनेका छन् ।
संगठनको संयोजकमा तत्कालीन अनेरास्ववियुका ऐन महर र सहसंयोजकमा अनेरास्ववियु(क्रान्तिकारी)का रञ्जित तामाङ रहेका छन् । बैठकले संगठनको १११सदस्यीय सचिवालय र ४५ सदस्यीय स्थायी कमिटी पछि गठन गरिने निर्णय गरेको छ ।

संगठनका फ्याक्सन इन्चार्ज हितमान शाक्य, सहइन्चार्ज विनोद ढकाल, संयोजक महर र सहसंयोजक तामाङसहितको फ्याक्सन कमिटी बैठकले निर्णय गरेको सह संयाेजक तामाङले जानकारी दिनुभयाे । बैठकपछि संयोजक महर र सह संयाेजक तामाङले संयुक्तरूपमा बक्तव्य जारि गर्नुभएको छ ।