नेकपाले टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार, प्रबक्ता श्रेष्ठसहित उम्मेदवारकाे नामावली

मूलखबर संवाददाता
काठमाडौं, १८ पुस ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले राष्ट्रिय सभाको रिक्त पदहरुमा उठाउने उम्मेदवारहरुको नाम टुंगो लगाएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शुक्रबबार विहान सम्पन्न बैठकले निकट भविष्यमा हुन लागेको राष्ट्रिय सभाको लागि उम्मेदवार बन्ने नेताहरुको नाम टुंगो लगाएको हो ।

जसअनुसार सचिवालय सदस्इ तथा पार्टी प्रबक्ता नारायणकाजी श्रेष्ठ प्रकाश पनि उम्मेदवार बन्नुभएको छ । उहाँ गण्डकी प्रदेशबाट रिक्त स्थानमा उम्मेदवार बनाउने निर्णय भएको हो । रिक्त १८ सिट मध्ये १ स्थानमा राष्ट्रपतिले मनोनयन गर्ने भएकाले १७ स्थानका लागि उम्मेदवार तोकिएको हो ।

बैठकले पुर्व एमालेका प्रभावशालि नेता बेदुराम भुषाललाई प्रदेश नं ३ बाट उम्मेदवार बनाउने निर्णय भएको छ ।

नेकपा सचिवालय बैठक अाजपनि : राष्ट्रिय सभामा उम्मेदवार मुख्य एजेन्डा

नेकपा सचिवालयकाे निर्णयअनुसार उम्मेदवार :

प्रदेश १
इन्दु गौतम (महिला)
गोपी अछाम (दलित)
देवेन्द्र दाहाल (अन्य)


प्रदेश २
तुलसा दाहाल (महिला)
राधेश्याम पासवान (दलित)

प्रदेश ३
गंगा वेल्वासे (महिला)
वेदुराम भुषाल (अन्य)

गण्डकी
नारायणकाजी श्रेष्ठ (अन्य)
भगवती न्यौपाने (महिला)

प्रदेश ५
विमला घिमिरे (महिला)
जगप्रसाद शर्मा अपाङ्‍गता (अल्पसङ्ख्यक)
गोपाल भट्टराई (अन्य)

कर्णाली
मायाप्रसाद शर्मा (अन्य)
सुमित्रा बिसी (महिला)

सुदूरपश्चिम
तारामान स्वार (अन्य)
शारदा भट्ट (महिला)